काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्लासिक टेकको ध्यानाकर्षण

10.04K
shares

‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी' भन्ने समाचार प्रकाशित भएकोप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को गम्भीर ध्यानाकर्षण भएको छ ।

आइस्पानले घटनाको बारे सत्य तथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जितरुपमा समाचार प्रकाशन भएको बताएको छ । जनतालाई निरन्तर सूचना प्रवाह गर्ने सम्मानित सञ्चारमाध्यमले कुनै एक संस्थाप्रति पूर्वाग्रही भएर लागेको भेटिएकोले यस्ता अतिरन्जित कुरा प्रति नलागी सूचनाको हक विपरितको कार्य नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, सम्मानित अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले सञ्चार माध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको विज्ञप्तिमा जनाएको छ ।