काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्राञ्जल चालिसे ‘ग्लोकल टीन हिरो २०२१’ उपाधिबाट सम्मानित

15.73K
shares

ग्लोकल प्रालिद्वारा आयोजित 'ग्लोकल टीन हिरो २०२१'को  उपाधि काठमाडाैंका प्राञ्जल चालिसेले जित्न सफल भएका छन् । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा बुधबार अनलाइन कार्यक्रमकोबीच ग्लोकल टीन हिरो नेपाल, २०२१ को घोषणा गरिएको हो ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम 'वाइ वाइ ग्लोकल टिन हिरो' नेपालको यो सातौं संस्करण हो । वाइ वाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी अनुराग चापागाईं, (युट्युबर), दीपक सुतिहार (सामाजिक उद्यमी), खुस्बु भण्डारी (वन्यजन्तु संरक्षणवादी), नेहा गुरुङ (सामाजिक अभियन्ता) र प्राञ्जल चालिसे (टेक्नोप्रेनर)बीच प्रतियोगिताको विजेता चयन गरिएको थियो ।

प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टिविहीन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन् । त्यस्तै उनले कृषि समाचार र प्रामाणिक स्रोतहरुबाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् । जसबाट किसानहरुलाई मद्दत मिलेको छ । महिलाहरुको सुरक्षा सुनिश्चित गर्न एवं सुरक्षाका कारण अवसरबाट वञ्चित हुन नपरोस् भन्नका लागि उनले एक महिला सुरक्षा एप पनि निर्माण गरेका छन् । उनको अन्य दुई शैक्षिक एपहरु छन् । जसमा ७५०० प्रयोगकर्ताहरु छन् । प्राञ्जलले एक गैर नाफामुखी टेक्नोलोजी उद्यम 'ई-शिक्षिका नेपाल' को सुरुवात गरेका छन । जसले अनलाइन शिक्षाको गुणस्तर बढाउने तथा शैक्षिक स्रोतहरुलाई अझ सुलभ बनाउन मद्दत गर्दछ । उनी नेपाल फाउन्डेसन इनिसिएटिभ बोर्डको सदस्य हुन् । हाल उनी ब्लकचेन टेक्नोलोजी र स्मार्ट ठेक्काहरु र टेक्नोलोजिकल उन्नतिले विस्तारित लेनदेन प्रक्रियाहरुको लागतलाई कम गर्नको लागि के गर्न सकिन्छ भन्ने अनुसन्धानमा काम गरिरहेका छन् ।

देशभरीका किशोरकिशोरीहरुबाट कुल ६११ आवेदन आएकोमा बुधबार ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

यस वर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंङ, ब्रान्डी र व्यवसाय विकास निर्देशक विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोका-कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति रहेका थिए । यस वर्षको अन्तिम ६ प्रतिस्पर्धीले क्षमता विकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता भएको थियो ।