global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन क्षेत्रमा भ्रातृ संगठनलाई सक्रिय बनाउँदै ईश्वर पोखरेल

निर्वाचन क्षेत्रमा भ्रातृ संगठनलाई सक्रिय बनाउँदै ईश्वर पोखरेल

निर्वाचन क्षेत्रमा भ्रातृ संगठनलाई सक्रिय बनाउँदै ईश्वर पोखरेल

पछिल्लो समय नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन लागि परेका छन् । निर्वाचन क्षेत्रमा पार्टी निकटका सबै संगठनसँग छलफलमा जुटेका छन् ।

मंगलबार नेपाल खेलकुद महासंघ काठमाडौं-५, अखिल नेपाल महिला संघ-५ र युवा संघ-५ का पदाधिकारीहरूसँग अन्तर्क्रियासमेत गरेका छन् । भेटमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, एमाले स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय संगठनको भेलामा महासचिव पोखरेलले महिला नेतृहरुलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरे । उनले भने, ‘त्यसका लागि पार्टीको तर्फबाट सबै सहयोग हुनेछ । प्रदेश र वडा कमिटीले तपाईंहरुलाई सहयोग गर्नेछन् । तपाईंहरु उद्यमी बन्नुस् ।’

कार्यक्रममा प्रदेश सांसद सिलवालले कार्यकर्ता तथा स्थानीयलाई सक्दो सहयोग गर्ने बताए । उनले नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्नसमेत आह्वान गरे । कार्यक्रममा नेपाल खेलकुद महासंघ वडा नम्बर ५ का अध्यक्ष मनिष डंगोलले खेलकुदलाई प्राथमिकता दिन आग्रह गरेका थिए । त्यस्तै, युवा संघका वडा नम्बर ५ का अध्यक्ष सुशील प्रजापतिले युवालाई सीपमूलक काममा लगाउनुपर्ने माग राखे । 

प्रकाशित समय : ००:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु