global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सीजी नेटले ल्यायो ‘तीजको अफर आयो बरीलाई’

सीजी नेटले ल्यायो ‘तीजको अफर आयो बरीलाई’

सीजी नेटले ल्यायो ‘तीजको अफर आयो बरीलाई’

सीजी नेटले तीज पर्वको अवसर पारेर महिलाहरुलाई लक्षित गरी तीजको विशेष अफर आयो बरीलाई सार्वजनिक गरेको छ । उक्त अफर भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म चल्ने कम्पनीले जनाइएको छ ।

विशेष गरी महिला ग्राहकहरुका लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्स्क्राइब गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । सब्स्क्राइब गरिएको प्लान महिलाको नाममा हुनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ । उक्त अफर सब्स्क्राइब गरेबापत लक्की ड्र बाट दैनिक रुपमा दुई वटा घरायसी सामग्री पुरस्कार प्राप्त गर्न सकिने र अफरको अन्त्मि दिन एकजनालाई बम्पर लक्की ड्रका साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गत सीजी कम्युनिकेसन्स लिमिटेडले प्रदान गर्दै आइरहेको सीजी नेटले जावलाखेल, कुपन्डोल, कुलेश्वर, कालीमाटी, सतुँगल, बल्खु, छाउनी र कलंकीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । कम्पनीकाअनुसार अन्य स्थानहरुमा पनि चाँडै नै सेवा विस्तार गर्ने योजना रहेको छ  ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु