global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंककाे ८७औं शाखा सिन्धुलीमाडीमा

नेपाल इन्भेष्टमेण्ट बैंककाे ८७औं शाखा सिन्धुलीमाडीमा

नेपाल इन्भेष्टमेण्ट बैंककाे ८७औं शाखा सिन्धुलीमाडीमा

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७औं शाखा सिन्धुलीकाे कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडी बजारमा विस्तार गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशील कुमार श्रेष्ठले नयाँ शाखाको उद्घाटन गरे ।

सिन्धुलीमाडी शाखाले हाम्रा ग्राहकहरुलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्ण रुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्नेछ । नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु