global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा

न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा

न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा ???????? , ?? ???? : ???????? ??????? ???????? ?????????? ?????? ?????? ????? ? ???????????????? ??????????? ??????????? ?????? ?????? ????????? ????????? ?????????? ? ?????? : ??????? ????? - ????

काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले  न्यायपालिका र सञ्चार दुवै एक अर्काको परिपूरक भएको बताएको छ । सर्वोच्च अदालत मुद्दा तथा रिट महाशाखाले आज आयोजना गरेको ‘अदालत र सञ्चारकर्मीसँगको अन्तरक्रिया’ मा प्रधान न्यायाधीश डा शर्माले न्यायालय र सञ्चारकर्मी एकअर्काका परिपूरक भएको र दुवैको उद्देश्य नागरिकको हक र लोकतन्त्रको सुनिश्चित गर्नु भएको बताए ।

“अदातल र सञ्चार दुवै नागरिकको हित र न्यायका लागि काम हो”, उनले भने, “तथ्यपरक, शुद्धता र पेशागत मर्यादामा दुवैले उत्तिकै ध्यान दिनुपर्छ ।” उनले सञ्चारमाध्यम न्यायालय र जनताको सेतु भएको बताए ।

न्यायाधीश महेश शर्मा पौडेलले ‘न्यायपालिका र सञ्चारमाध्यम’ विषयक कार्यपत्र प्रस्तुत गर्दै न्यायपालिका र सञ्चारमाध्यम दुवै निकाय जनताको आस्था र विश्वासमा अडिएको बताए । छिटो न्याय दिने अदालतको लयलाई जेनजी आन्दोलनले असर गरेको सुनाए ।

न्यायाधीश श्रीकान्त पौडेलले न्यायालयमा सुधार, जन आस्था वृद्धि र फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले सञ्चारमाध्यम न्यायपालिकाको आवाज भएको अनुभव सुनाए ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलले न्यायालय र सञ्चारमाध्यम एकअर्काका परिपूरक भएको र दुवै निकाय जनताको आस्थामा अडिएको बताए ।  भ्रमपूर्ण सूचना एवं मिथ्या समाचार सामाजिक सञ्जालले फैलाइरहेको हुँदा चूनौती बढ्दै गएको सुनाए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतका आदेश÷फैसला सञ्चारमाध्यमलाई सहजरूपमा उपलब्ध गराउन सहजीकरण गर्ने प्रत्यन्त गरिरहेको र सामाजिक सञ्जाल तथा एआईका कारण गलत सूचना फैलिरहेको बताए ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्काले न्यायलयका सूचना, आदेशरफैसला समयमै प्राप्त गर्न सकेमा गलत समाचार प्रवाह कम गर्न सकिने बताए । कार्यक्रममा मञ्चका उपाध्यक्ष भाषा शर्माले ‘प्रेस स्वतन्त्रता र न्यायिक समाचारको विश्वासनीयता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अदालतको सूचना छिटो प्राप्त हुन सकेका गलत समाचार प्रवाहमा न्यूनीकरण हुने धारणा राखेको थियो ।

छलफलमा सहभागी पत्रकारहरूले आदेशरफैसला सरल भाषामा आमनागरिकले बुझ्ने भाषामा हुनुपर्ने, अदालतले स्वच्छ आलोचनालाई सामान्य रूपमा लिनुपर्ने, स्वतन्त्र प्रेसको सम्मान गर्नुपर्ने, न्यायपालिका सम्वाहक पत्रकार हुन भन्ने कुरा बुझ्नुपर्ने लगायतका सुझाव दिएको थियो ।

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु