आसियान लुमिनरीहरूद्वारा समावेशी डिजिटल व्यापार इकोसिस्टमको लागि आह्वान
वि.सं.२०७८ भदौ ११ शुक्रवार १८:१३
shares

निक्की(NIKKEI) समूह र ISEAS द्वारा आयोजित युसोफ इशाक इन्स्टिच्यूट (ISEAS), NIKKEI-ISEAS फोरमले दक्षिणपूर्वी एशिया र आसियानमा व्यापारको डिजिटलाइजिङबारे लुमिनरीहरुलाई डिजिटल व्यापारको सम्भावना खोल्न एकै ठाउँ ल्याएको थियो । कोओर्डिनेटिंग मिनिस्ट्री फर इकोनोमिक अफेर्स, इण्डोनेशिया, आर्थिक सहयोग र विकास संगठन (OECD), ISEAS, हनी कन्सल्टिंग लिमिटेड र ह्वावेबाट लुमिनरीहरुलाई डिजिटल व्यापारको सम्भावना खोल्न एकै ठाउँ ल्याएको हो ।
एक कनेक्टेड, समावेशी र बहुपक्षीय डिजिटल व्यापार इकोसिस्टमको आवश्यकताबारे छलफलमा जोड दिइएको थियो । कोभिड-१९ संकटले डिजिटल प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ । आसियानले भविष्यवाणी गरेको छ कि डिजिटल अर्थव्यवस्था क्षेत्रीय GDP मा एक ट्रिलियन अमेरिकी डलर योगदान गर्नेछ । थर्ड–पार्टिको डाटाले SEA जनसंख्या को १३२ ५ संग मोबाइल कनेक्सन भएको, ४६३ मिलियन मानिसहरु इन्टरनेट प्रयोगकर्ताहरु रहेको देखाउँदछ । त्यहाँ धेरै थरीको व्यापार सम्झौताले विभिन्न क्षेत्रहरुलाई जोडेको छ । डिजिटल व्यापार इकोसिस्टमको निर्माणमा सहयोगको महत्वबारे फोरममा सहभागीहरुको तर्फबाट प्रतिध्वनि आएको थियो ।
ISEAS का निर्देशक चोई शिंग क्वोकले NIKKEI र ह्वावेलाई यो बैठकलाई सहयोग गरेकोले धन्यवाद दिए । उनले भने,' डिजिटल व्यापार आसियानको व्यापारको एक आशाजनक ड्राइभर हो जुन कोभिड-१९ महामारीको समयमा अगाडि आयो र हामी आशा गर्दछौं कि यो महामारीपश्चात प्रबल हुनेछ ।' उनले थपे, 'व्यापार लागत घटाएर र उत्पादकत्वमा वृद्धि गरेर डिजिटल प्रविधि जस्तै इन्टरनेट अफ थिंग्, आर्टिफिसियल इन्टेलिजेन्स र थ्रीडी प्रिन्टिंगले आसियान क्षेत्रसहित विकासशील देशहरुमा व्यापारको वृद्धिदर प्रति वर्ष २.५ प्रतिशत अंक वा २०२१ बाट २०३० सम्ममा २२.५ प्रतिशत बढाउन सक्छ ।' रिपक्लिक अफ इन्डोनेसियाको कोओर्डिनेटिंङ मिनिस्ट्री फर इकोनोमिक अफेर्सको डेपुटी मिनिस्टर डा. रुडी सलाहुद्दीनले डिजिटल अर्थव्यवस्थाको बढावामा डिजिटल व्यापारको महत्वपूर्ण भूमिकामाथि विशेष गरी फराकिलो आर्थिक रिकभरी महशुश गर्नमा प्रकाश पारे । उनले आसियानले आईसीटी पूर्वाधारको बाधा र आईसीटी अपनाउनमा आउने असमान दरको चुनौतिहरुको सामना गर्नुपर्ने उल्लेख गरे ।
'डिजिटल व्यापारको एक सार्थक उपायको विकास गर्नको लागि स्टाटिस्टिकल फ्रन्टको थप विकास आवश्यक छ ।' एनाबेल मोरोगेन, OCED मा व्यापार र उत्पादकता डिभिजनको प्रमुखले भने । उनले भने, 'यसले प्रमाणमा आधारित विश्लेषणको समर्थन गर्नेछ र फर्महरुको लगानी छनौट र नीति निर्माणलाई सूचीत गर्नेछ ।' 'जब SEA एक जीवन्त डिजिटल व्यापार समुदाय र उपभोक्ता बजारको आनन्द लिइरहँदा क्षेत्रभित्र र बाहिर व्यापार नियमहरुको विभाजनले व्यापारलाई डिजिटल अर्थव्यवस्थाको पूर्ण क्षमतालाई महसुस गर्न नसकेको अर्थ आउँदछ । यो नयाँ डिजिटल व्यापार नियमहरुको विकासमा सहयोग, लचकता र बहु-सरोकारवालाको सहभागिता हुन आवश्यक छ ।' हनी कन्सल्टिंग लिमिटेडकी प्रिन्सिपल स्टेफनी हनीले उल्लेख गरे ।
फोरमको समयमा थप स्वस्थ तथा पूर्ण विचार, समावेशी डिजिटल व्यापार नीतिलाई वक्ताहरुले मान्यता दिए । क्षेत्रभर नीति निर्माताहरुले डिजिटल अर्थव्यवस्था सक्षम गर्न र डिजिटल व्यापारको लाभको निष्पक्ष साझेदारी सुनिश्चित गर्नको लागि क्रस–कटिंग नियमहरुमा ध्यान केन्द्रित गर्नुपर्ने डा. रुडी सलाहुद्दीनको सुझाव थियो । 'नयाँ नियमहरु र वैश्विक डिजिटल इकोसिस्टमको राम्रो गभरनेन्समा अधिक सहयोगको आवश्यकता छ र यो कामले अभिसरणको सट्टा सहअस्तित्व र अन्तरक्रियात्मकताको खोजी गर्ने एक समावेशी दृष्टिकोणबाट लाभ लिनेछ । ' केही डिजिटल विषयमा विश्वको सबैभन्दा ठूलो ट्रेडिंग ब्लकहरुकोबीच दृष्टिकोणमा मतभेद भएकोले क्रेग बर्चेलले जोड दिए ।

























