ओपोद्वारा स्मार्ट चाइना एक्स्पो २०२१ मा नयाँ प्रविधि प्रदर्शित
वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:३१
shares

ओपोले ‘स्मार्ट टेक्नोलोजी ईम्पावरिंङ ईकोनोमी, एनरिचिंग लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोंगचिंगमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१मा सहभागिता जनाएको छ । एक्स्पोमार्फत ओपोले आफ्ना नयाँ म्यागभोक फ्ल्याश चार्जिंङ सिरिज, ईन-कार कनेक्टिभिटीलगायतका प्रविधि प्रदर्शित गरेको थियो ।
‘ओपोले उपभोक्तालाई विभिन्न परिस्थितीमासमेत सबलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा ईन्टरनेट अफ एक्स्पेरियन्स सम्बन्धित फराकिलो क्षेत्रमा हाम्रो रणनैतिक तैनातीमा निरन्तर सफलता हात पार्दै गइरहेको छ ।’ ओपोको स्मार्टफोन प्रडक्ट्सका उपाध्यक्ष तथा अध्यक्ष हेनरी डुआनले भने, 'नयाँ म्याग्नेटिक फ्ल्याश चार्जिंङ र ईन-कार कनेक्टिभिटी टेक्नोलोजीका माध्यमबाट उपाभोक्ता अनुभवलाई हर-सम्भव पक्षबाट उत्कृष्टता प्रदान गर्न प्रयत्नरत छौँ ।’
अभतपूर्व सुविधाजनक एचर चार्जिंङ र म्यागभोक फ्ल्याश चार्जिंङ
एक्स्पोमार्फत वायरलेस एयर चार्जिंङ प्रविधिका साथै ओपोले पहिलो पटक आफ्नो म्यागनेटिक फ्ल्याश चार्जिंङ प्रविधि-द ओपो म्यागभोक सिरिज प्रदर्शित गरेको थियो । नयाँ सिरिज मातहत फोन र चार्जरबीच सटिक पंक्तिबद्धताको सुनिश्चितता प्रदान गर्ने म्यागनेटिक अलाइनमेन्ट प्रणालीको प्रयोग गरिएको म्यागभोक वायरलेस पावर ब्यांकपनि सम्मिलित छ । त्यसैगरी समग्र चार्जर नै पातलो बनाउन सघाउने स्प्लिट डिजाइन अपनाइएको म्यागभोक अल्ट्रा-थिन फ्ल्याश चार्जर पनि प्रदर्शित गरिएको थियो । यी दुवै उपकरणका डिजाइनले उत्पादनलाई सहज पोर्टेबिलिटीको गुण उपलब्ध गराउँछ ।
.jpg)
अन्ततः पारम्परिक वायर्ड चार्जिंगका तुलनामा तयारीका लागि लाग्ने समयमा ६० प्रतिशतसम्म कटौती उपलब्ध गराउने म्यागभोक वायरलेस फ्ल्याश चार्जिंङ स्ट्याण्डपनि एक्स्पोमार्फत प्रदर्शित गरिएको थियो ।
अविश्वसनिय स्मार्ट ईन-कार फोन कनेक्टिभिटी क्षमता
ओपोले डिजिटल कार की, ओपो फाइन्ड एक्सथ्रीमा रहेको रिमोट भेहिकल कन्ट्रोल, ओपो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलका साथै, ईन कार फ्ल्याश चार्जलगायत ईन-कार स्मार्टफोन कनेक्टिभिटीमा हासिल गरेका नौला उपलब्धिहरु पनि प्रदर्शित गरेको थियो । डिजिटल कार कीले प्रयोगकर्तालाई ओपो स्मार्टफोनको प्रयोग गरी ब्ल्यूटूथमार्फत सहजै आफ्ना कार अनलक गर्ने सुविधा उपलब्ध गराउँछ । यसका लागि कुनै किसिमको मोबाइल नेटवर्कको आवश्यकता नपर्ने हुँदा दैनिक प्रयोजनका लागि यसको उपयोगिता अझ सहज बनेको छ ।

ओपो फाइन्ड एक्सथ्री वा ओपो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलले प्रयोगकर्तालाई टाढैबाट एपको सहायताबाट एयर कन्डिशनिंग अन गर्ने सहुलियत प्रदान गर्छ । यसको माध्यमबाट कार धनीले टाढैबाट हर्न बजाएर आफ्नो कारको खोजीपनि गर्न सक्छन् ।
साथै, कार चलाई रहेको अवस्थामा पनि प्रयोगकर्ताले ओपोको ६५वाट भोक यूएसबी फ्ल्याश चार्ज र ४०वाट भोक वायरलेस फ्ल्याश चार्ज सपोर्ट गर्ने ओपोको अत्याधुनिक ईन—कार फ्ल्याश चार्जको पनि प्रयोग गर्न सक्छन् ।
निर्वाधरुपमा जडित आईओटी उपकरण तथा अन्य
कम्पनीले ईन्टरनेट अफ एक्स्पेरियन्सको अवधारणाको उत्थान गरेदेखि ओपोको सफलतामा अहिले यूडब्ल्यूबी प्रविधिबाट जडित एआर ग्लास २०२१को विकासका साथै अन्य स्मार्ट होम डिभाइसेजलगायत रहेका छन् । ओपो एआर ग्लास २०२१मा ग्लासलाई हल्का बनाउनका लागि स्प्लिट डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा तिनलाई लामो समयसम्म पहिरिँदा पनि आरामदायी अनुभव हुन्छ । मेनस्ट्रिम बर्डबाथ अप्टिकल सोल्यूशन सुसज्जित ओपो एआर ग्लास २०२१ले उपभोक्तालाई सिनेमा जस्तै अनुभव प्रदान गर्छ ।

आईओटीअन्तर्गत यी नयाँ क्षेत्रमा प्रवेशसंगै ओपो आफ्नो ईन्टरनेट अफ एक्स्पेरियन्स भिजनलाई यथार्थमा बदल्ने कार्य तथा सुदृढ कनेक्शनसहित मानिस र उपकरणबीच एकिकरणसहितको विश्वतिर थप एक कदम नजिकिएको छ ।

























