एभरेष्ट बैंकको १०५ औं शाखा बुढानिलकण्ठमा विस्तार
वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:१४
shares

एभरेष्ट बैंक लिमिटेडले बुढानिलकण्ठ, काठमाडौंमा आफ्नो १०५ औं शाखा विस्तार गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमकाबीच उक्त शाखा विस्तार गरेको हो ।
एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठ ले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारले बुढानिलकण्ठको बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।
बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ ।

























