भायानेटको अफर : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा
वि.सं.२०७८ भदौ ११ शुक्रवार १५:५८
shares

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक अफर ल्याएको छ । यस अफरअन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिंदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग-सँगै एनसेल सिम सित्तैमा पाउनेछन् ।
यस सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछन् । त्यस्तै गरी, यो सिममार्फत ग्राहकले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधा पनि पाउने छन् ।
यी सबै सुविधा ग्राहकले जम्मा मासिक १६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध छ । सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्री टकटाइम, एसएमएसलगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै नै अल-न-वान छ ।

























