काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरु

14.01K
shares

एक्सपलोरर विंङस प्रालिले ब्याम्बिनोस डट लाइभसँग सम्झौता गरेर नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय व्यवहारिक शिक्षा प्रदान गर्न सुरु गरेको छ । यसमा सार्वजनिक रुपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विधाहरुलाई लक्षित गरेर सयभन्दा बढि कोर्सहरु समावेश गरिएको  कम्पनीले जनाइएको छ ।

ब्याम्बिनोस डट लाइभ सन् २०२० मा अतिरिक्त शिक्षाका लागि स्थापना गरिएको डिजिटल एकेडेमी हो । यो डिजिटल एकेडेमी ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई केन्द्रित गरेर विकास गरिएको छ । अहिले कोभिड-१९ को महामारीको समय भएको कारणले बालबालकाहरुबीच खासै अन्तरक्रिया नहुने हुँदा यो वैकल्पिक माध्यम प्रभावकारी हुने जनाइएको छ । धेरै जसो राम्रो विद्यालयहरुले अतिरिक्त शिक्षामा ध्यान दिन थालेका छन् तर धेरै निजी तथा सार्वजनिक विद्यालयहरु यो पक्षमा अझै पनि कमजोर रहेको पाइएको छ । सम्पूर्ण ज्ञानले मात्रै अहिलेको कठिन समयमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यही कुराको मध्यनजर गर्दै यो पाठ्यक्रम विकास गरिएको कम्पनीको भनाइ छ ।

पछिल्लो समय भारत र अन्य देशहरुमा शिक्षामा केन्द्रित प्रविधि एडु टेक स्टार्टअपले राम्रो सफलता र प्रख्याती पाएको छ । यस डिजिटल एकेडेमीको प्रयोग तिस हजार जना विद्यार्थीहरुले गरिरहेका छन् । कम्पनीले १०० भन्दा बढि प्रोग्रामहरु राखेको छ जसमा पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरुलाई समेटेको छ । यस प्लाटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको छ ।  इ-लर्निङको यस प्लाटफर्मले विद्यार्थीहरुलाई विषय विज्ञ व्यक्तिहरुबाट अध्ययनको मौका प्रदान गर्ने गर्दछ र विद्यालय तथा विद्यालय भन्दा बाहिर पनि राम्रो प्रस्तुति दिन मद्दत पुर्‍याउछ । भविष्यमा रोजगार र यसको क्षेत्रमा अहिलेको भन्दा धेरै परिवर्तन आउने देखिन्छ र शैक्षिक सफलताले मात्रै नपुगेर अतिरिक्त शिक्षाको पनि ज्ञान हुनुपर्ने देखिन्छ । बालबालिकाले अतिरिक्त क्रियाकलाप, व्यक्तित्व र प्रभावकारी सञ्चारको माध्यमले आफूलाई क्षमतावान सिद्ध गर्नुपर्ने देखिन्छ । यही कुरालाई मध्यनजर गर्दै ब्याम्बिनोस डट लाइभले डिजिटल एकेडेमी ल्याएको कम्पनीले दाबी गरेको छ ।

विद्यालयहरुको यो कमीलाई ब्याम्बिनोस डट लाइभले गुणस्तरीय प्रोग्रामलाई १:५ को अनुपातमा एकदमै राम्रो शिक्षकहरुको माध्यमले सिकाउने गरेको छ । यसमा उपलब्ध कोर्सहरु अनुसन्धानमा आधारित रहेका छन् । यो महामारीले विद्यार्थीहरुलाई पाठ्यपुस्तक बाहिरको संसारलाई पनि नियाल्ने अवसर दिएको छ । परम्परागत शिक्षण प्रणाली र अनलाइन अन्तरक्रियात्मक शिक्षण प्रणालीको मिश्रणले विद्यार्थीहरुको जन्मजात प्रतिभालाई झनै तिखार्न मद्दत पुर्‍याउने विश्वास लिन सकिन्छ ।

यस डिजिटल एकेडेमीले ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई स्कुल पछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलाप, आफ्नो रुचीहरु पुरा गर्नलाई अझै मद्दत पु..उने गर्दछ । घरमै बसेर विभिन्न रमाइलो तथा ज्ञानवर्द्धक कुराहरु सिकाउन ब्याम्बिनोसले काम गरिरहेको छ । विद्यार्थीहरुले आफ्नो प्रगतिलाई ट्रयाक पनि गर्न सक्छन् । डिजिटल एकेडेमीमा विद्यार्थीहरु लाइभमानै साथीहरुसँग र शिक्षकसँग अन्तरक्रिया गर्न सक्दछन् जसले पठनपाठनलाई अझै सहज बनाउने गर्दछ । त्योसँगै कम्पनीले १० भन्दा बढी देशहरुमा सेवा दिदै आएको हुँदा प्रयोगकर्ताहरुले विभिन्न देशका साथीहरुसँग अन्तरक्रिया गर्न पाउनेछन् । यो प्लेटफर्ममा जोडिन ब्याम्बिनोस http://bambinos.live मा गएर अकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यहाँ लगइनमा क्लिक गरेर माथिल्लो दायाँ भागमा रहेको बटनमा थिचेर सदस्यको रुपमा रेजिस्टर गर्न सकिन्छ । त्यहाँ कक्षा सेलेक्ट गरेर अनलाइन क्लास बुक गर्न सकिन्छ । सुरुवातको दुई ओटा डेमो कक्षा निःशुल्क नै हुने गर्दछ ।

कक्षा वान टू वान वा समूहमा राख्दा चार/पाँच जना राखेर अध्ययन गराइने गरिन्छ । यसले गर्दा धेरै विद्यार्थीहरुले कक्षाको राम्ररी फाइदा उठाउन सक्छन् । यस प्रणालीमा एजुकेटरहरुले विद्यार्थीको सम्पूर्ण पृष्ठभूमि रिभ्यू गर्ने गर्दछन् र विद्यार्थीलाई उपयुक्त हुने पठनपाठन सामाग्रीहरु प्रयोग गर्ने गर्दछन् । बच्चाले उच्चतम शिक्षा पाउने कम्पनीको दावी छ ।