काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एएफसी एसियन छनोटका लागि २३ सदस्यीय महिला फुटबल टोली घोषणा

12.81K
shares

प्रिति राईसहित ६ नयाँ अनुहार समेट्दै एएफसी एसियन कप २०२२ को छनोट प्रतियोगिताका लागि २३ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई बाहिर राख्दै २३ खेलाडी छनोट गरेकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ ।

एन्फाले मंगलबार घोषणा गरेको टोलीमा मिफिल्डर प्रिति राई, फरवर्ड सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर निशा थोकर र सृजना सिंहले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । बन्द प्रशिक्षणमा रहेका अमिशा कार्की, अञ्जली वाइवा, हेमा चौधरी, मनिषा राउत र शर्मिला थापाले अन्तिम चरणमा स्थान बनाउन सकेनन् । 

एएफसी एशियन कपको समूह एफमा रहेको नेपालले छनोटको पहिलो खेलमा आगामी असोज २ गते फिलिपिन्स र दोस्रो खेलमा असोज ५ गते हङकङसँग खेल्नेछ । छनोट खेल उज्वेकिस्तानको टास्केन्टस्थित जार स्टेडियममा अपराह्न ३ बजे हुने एन्फाले जनाएकाे छ । समूहको शीर्ष स्थानमा रहने टोलीले भारतमा हुने एएफसी एसियन कप २०२२ मा स्थान बनाउने छ । एएफसी एसियन कप आगामी जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । 

२३ सदस्यीय अन्तिम टोली

अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ (योञ्जन), निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु र सृजना सिंह ।