काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय दूतावाससँग ग्लोकल २० अन्डर २० को अन्तरक्रिया सम्पन्न

15.27K
shares

ग्लोकल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको ‘वाइ वाइ ग्लोकल टिन हिरो’ को सातौं संस्करणका लागि ग्लोकल २० अन्डर २० तथा अन्तिम ६ प्रतिस्पर्धीको घोषणा भइसकेको छ । यिनै प्रतिभावान किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला सञ्चालन भइरहेको छ ।

उक्त कार्यशालाको मुख्य उद्देश्य एक अन्तरक्रियाको वातावरण प्रदान गर्न, किशोरकिशोरीहरुको व्यक्तिगत वृद्धिमा सहयोग गर्न एवं नेटवर्किङको बढावा गर्न सञ्चालन भइरहेको छ । देशभरीका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस वर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास जोडिएको छ । यसैअन्तर्गत आज किशोरकिशोरीहरुले भारतीय दूतावासबाट Deputy Chief in Mission नामग्या सी खाम्पासँग अन्तरक्रिया गर्ने मौका प्राप्त गरेका थिए । खाम्पाले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको योगदानकोबारे विश्लेषण गरिन् ।

उनले युवाहरुको नेतृत्व, आविष्कार, सीप आदिसहित हाम्रो समाज को वर्तमान स्थिति को नवीकरण र ताजा गर्न को लागि युवाहरुको भूमिका भएको कुरा साझा गरिन् । टेक्नोलोजी शक्तिको नयाँ मुद्राको रूपमा विकसित भएको र युवाहरुले टेक्नोलोजीबाट धेरै नयाँ कार्य अगाडि बढाउन सक्ने सम्भावना रहेको कुरामा उनले प्रकाश पारिन् । किशोरकिशोरीहरुको प्रश्नको उत्तर दिदै उनले भविष्यलाई सफल बनाउन धेरै मेहेनत गर्नु पर्ने तथा आफ्नो कार्यलाई अझै विकास गरेर समाज रुपान्तरनतर्फ उन्मुख हुन पनि प्रेरणा दिइन् । अन्तत ग्लोकलसँग भारतीय दूतावाससँगको साझेदारीले अवसरको नयाँ आयाम सिर्जना गर्ने कुरामा सकारात्मक रहेको आयोजकले बताए ।