‘ओली सरकारको अध्यादेश र देउवा सरकारको अध्यादेशमा आकाश-जमीनको फरक’
वि.सं.२०७८ भदौ ३ बिहीवार १९:४८
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमीनको फरक रहेको दावी गरेका छन् । बुधबार समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र, लोकतन्त्रको रक्षा गर्नु छ । दुईटा अध्यादेशमा आकाश र जमीनको फरक छ।’
उनले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज मात्रै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भयो । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्ग्यादिनुपर्छ भन्ने सहमति भएको छ । उताबाट दर्ता सनाखत हुनेबित्तिकै त्यो टुंग्याइन्छ,’ प्रचण्डकाे भनाइ छ ।

























