काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आयशालाई एसिया पुम्से ओपन च्याम्पियनसिपमा कास्य

10.75K
shares

आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कास्य पदक जितेकी छिन् । विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कास्य पदक जितेकी हुन् ।

आयशाले कास्य पदक जितेको स्पर्धामा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजत पदक हासिल गरिन् । चाइनिज ताइपेइकी चेन ९७.३४० र नेपालकी आयशा ९७.१९० ले कास्य पदक हासिल गरेका हुन् । अन्तिम चरणमा ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि पहिलो चरणमा १३ जनाले प्रतिस्पर्धा गरेको यस इभेन्टमा आयशा ६.७५ को स्कोर जोड्दै अन्तिम चरणमा प्रवेश गरेकी थिइन् । फाइनलमा आफ्नो प्रदर्शन सुधार्दै उनी कास्य जित्न सफल भएकी हुन् ।

नेपालबाट यसै प्रतियोगिताको शिशिर श्रेष्ठ, कृष्णबहादुर तामाङ, रेजिन रिमालल, संजिला तिमल्सिना, प्रशंसा क्षेत्री, निता गुरुङ, सिना मादेन , स्यामुएल तामाङ, आश्विन राई, उज्ज्वल घले, इश्वर सेढाइ र दीपेन्द्र गुरुङले पनि प्रतिस्पर्धा गरेका थिए ।