काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बक्सिङ टोली दुबइ प्रस्थान

12.52K
shares

एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुबइ प्रस्थान गरेको छ । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् ।

जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० केजीमा स्वस्तिका तिरुवाले खेल्ने छन् । गत जुलाई ११ देखि १३ तारिखसम्म सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघले जनाएको छ । प्रशिक्षकमा दीपक महर्जन, डम्बर दत्त भट्ट, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज रहेका छन् । नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी तथा झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई व्यवस्थापकको भूमिकामा छन् ।

प्रतियोगिता अगष्ट २० देखि ३१ तारिखसम्म सञ्चालन हुने छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।