काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्व. शाहको परिवारलाई आर्थिक सहयोग

18.48K
shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सानका प्रशासकीय अधिकृत स्व. विकासविक्रम शाहको परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

राखेपमा कार्यरत स्थायी कर्मचारीहरुको जेठ महिनाको तलबबाट १.५ प्रतिशत रकम कट्टा गरी संकलन भएको २ लाख ५७ हजार ८७ रुपैयाँ स्व. शाहको परिवारलाई प्रदान गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. शाहका भाइ विशालविक्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । शाहको गत चैत १६ गते निधन भएको थियो ।