काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

म्याड स्पिड र किलर लुक्सका साथ ‘पोको एम थ्री प्रो’ नेपालमा सार्वजनिक

18.33K
shares

पोको एक इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले पोको एम ३ प्रो ५ जीलाई नेपालमा सार्वजनिक गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य ५ जीको मोडेल प्रदान गर्दै पोको एम ३ प्रो डुअल ५जी सपोर्टको साथ आउँदछ र एक इमर्सिभ ९० हर्जको फूलहाई डेफिनिसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७न्यानोमिटर एफिसियन्सी प्रदान गर्दछ ।

'म्याड स्पिड, किलर लुक्स' को ट्यागलाइनका साथ पोको एम ३ प्रोले एड्भान्स्ड टेक्नोलोजी र ट्रेन्ड सेटिङ डिजाइनको संयोजनलाई बोकेको कम्पनीले उल्लेख गरेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ' हाम्रो ध्यान सधैँ गुणस्तरीय उत्पादनमार्फत प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने कुरामा केन्द्रित छ र हामीले यसलाई हाम्रो पोर्टफोलियोभरी समाहित गर्न प्रयास गरेका छौँ ।' उनले थपे, 'पोको एम ३ प्रोको लन्चको साथ हामी फ्युचर प्रुफको ५ जी टेक्नोलोजीलाई कुनै पनि कर्नर नकाँटी भित्र्याउँदैछौँ । डाइमेन्सिटी ७०० एसओसीका साथ सञ्चालित उपकरण डुअल ५जी सपोर्टको साथ आउँदछ र यसले प्रयोगकर्ताहरुलाई द्रुत गति प्रदान गर्दछ ।'

मिडियाटेक डाइमेन्सिटी ७०० पावर्ड स्मार्टफाने डिभाइस

७न्यानोमिटरको फ्ल्यागशिप लेभलको प्रोसेस प्रयोग गरेर निर्मित रहेको पोको एम ३ प्रोमा मिडियाटेक ७०० चिपसेट र डुअल ५जी सपोर्ट रहेको छ । यस उपकरणले ८-कोर सीपीयुको साथ २.२ गिगाहर्जसम्मको क्लक स्पिड प्रदान गर्दछ र यसमा शक्तिशाली एआरएममालीजी ५७ जीपीयु रहेको छ जसले फ्ललेस युजर एक्सपेरियन्स प्रदान गर्दछ । यस जीपीयुले मेशिन लर्निङको लागि ६०५ सुधार, ३०५ बढी पर्फमेन्स डेन्सिटी र ३०५ बढी राम्रो इनर्जीको इफिसियन्सीको साथ पावर एक्सपेरियन्सलाई वृद्धि गर्दछ ।

द्रुत गति र उन्नत टेक्नोलोजीको संयोजनका साथ यो उपकरणले प्रयोगकर्ताको लागि निजी र सुरक्षित डिभाइस इन्टराक्सन प्रदान गर्दछ र यसको ७न्यानोमिटर ५जी अल्ट्रा सेभका साथ ९० प्रतिशतको पावर कन्जम्सनको खपतलाई कम गर्दछ । गेम खेल्दा अगावै लोड हुन दिनका लागि यस उपकरणमा युएफएस २.२ को फ्लास मेमोरी सुसज्जित रहेको कम्पनीको दाबी छ । जसले युएफएस २.१ र छिटो गेम लोडिङको समय भन्दातीन गुणा छिटो अनुभव प्रदान गर्दछ ।

स्मार्ट डाइन्यामिक डिस्प्ले र डिजाइन

१६.५१ सेन्टिमिटर(६.५)को स्कीनको साथ फूल हाई-डेफिनिसनको सिनेम्याटिक एक्सपेरियन्स प्रदान गर्दै पोको एम ३ प्रो स्मार्ट डाइन्यामिक डिस्प्ले र ९० हर्जको रियालिटी फ्लोको साथ आउँदछ । सामान्य हाई रिफ्रेस रेट डिस्प्लेको विपरित स्मार्ट डिस्प्लेले कन्टेन्ट फ्रेम रेटलाई चिन्न र एक स्मुथल्याग-फ्रिएक्सपेरियन्सको लागि कन्टेन्ट फ्रेमलाई मिल्दो प्रदर्शन गर्ने रिफ्रेस रेटलाई परिवर्तन गर्दछ । यसले स्मुथ एक्सपेरियन्स र अधिकतम ब्याट्री प्रयोगको ग्यारेन्टी प्रदान गर्दछ । यो डुअल ३६० डिग्री लाइट सेन्सर सेटअपको साथ आउँदछ जसले चकलाई ४०९६ वटा भिन्न स्टरमा डिटेक्ट र एड्जस्ट गरेर प्राकृतिक, स्मार्ट र सटीक तरिकामा समायोजित गर्न सक्दछ । यसले गर्दा आँखामा जोड कम पर्दछ र पेपर टेक्स्चर रिडिङ मोडको माध्यमबाट पढ्दा खेरि आरमादायक बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

पोको एम ३ प्रो पिद्दआइ र कनिंग गोरिल्ला ग्लासद्वारा सुरक्षित गरिएको स्प्लाशप्रुफ डिजाइनको साथ आउँदछ जसले क्यामेरामा स्राकोच आउन र झर्नबाट बचाउँछ । वास्तविक दर्शक रहेको पोको एम ३ प्रो ले यसको डुअल-टोन डिजाइनको साथ एक अद्वितीय र स्ट्यान्ड-आउट अनुभवको प्रदान गर्दछ  । यो तीन वटा रंगको भेरियन्टमा उपलब्ध छः पावर ब्ल्याक, कुल ब्लु र यल्लो ।

४८ एमपीको स्टनिङ ट्रिपल क्यामेरा एरे

४८ एमपीको ट्रिपल क्यामेराले सुन्दर र तीखा विवरणहरुको साथ आकर्षक चित्र क्याप्चर गर्दछ । पोको एम ३ प्रो ले अधिक भिभिड मिडियाको लागि विभिन्न मोडहरु प्रस्तुत गर्दछ जसमा नाइट मोड, स्लो मोड, मल्टिपल टाइम-ल्याप्स मोड र क्लोन फोटो समावेश छन् । यो म्याव्रो क्यामेराको साथ आउँदछ जसले विवरणहरुलाई क्याप्चर गर्दछ । यसमा डेप्थ सेन्सर पनि रहेको छ जसले प्रयोगकर्ताहरुलाई मनमोहक पोट्रेट र स्टनिङ तस्बिर कब्जा गर्न मद्दत पुर्‍याउछ ।

शक्तिशाली ५००० एमएएच ब्याट्री
पोको एम ३ प्रोले विशाल ५००० एमएएच ब्याट्रीको फिचर गर्ने कम्पनीले जनाएको छ । जसले प्रयोगकर्तालाई घण्टौँको लागि अडियो भिजुअलमनोरन्जनको प्रदान गर्दछ । यसको नर्मल युजेजका साथ ब्याट्री सजिलै दुई दिन भर टिक्छ जसले प्रयोगकर्तालाई आफ्नो ब्याट्री लेभलको चिन्ता लिनुपर्दैन भन्ने कुरा सुनिश्चित गरेर युजर-फ्रेन्डली अनुभवको प्रदान गर्ने पनि कम्पनीको दाबी छ । यसलाई दैनिक उपयोगको लागि आदर्श साथी बनाउनका लागि यो उपकरणमा २२.५ वाटको फास्ट चार्जर रहेको छ जुन १८ वाटको फास्ट चार्जिंङ सपोर्टकय साथ उपलब्ध रहेको छ । ४ जीबी ६४ जीबीको पोको एम ३ प्रो  २३ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।