भिभोको भी २१ ई आजदेखि नेपाली बजारमा
वि.सं.२०७८ साउन २४ आइतवार २०:५४
shares
भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन सबै प्रयोगकर्ताको लागि आजदेखि बजारमा उपलब्ध हुने भएका छन् । भी भर्जन सबैमा परिचित र त्यसैको परम्परामा उत्पादनमा ल्याइएको यो स्मार्ट फोन प्रतिस्पर्धी मूल्यमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।
भी २१ ई ४४ एम्पीको आई अटोफोकस फ्रन्ट क्यामरा जडान गरिएको छ भने यसमो नाइट पोट्रेटसमेत समावेश गरिएको छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मदत गर्दछ । भी २१ ई स्मार्ट फोन अगष्ट ८ देखि १० तारिखसम्म खरिद गर्नेले लन्च अफरको रुपमा निशुल्क इयरबड जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । 'हामी आफ्ना ग्राहकलाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन पाएकोमा गौरवको अनुभव गर्दछौं ।' कम्पनीका प्रवक्ताले उल्लेख गरे । उनले भने,'प्रयोग गर्नेले जहाँसुकै र जुनसुकै बेलामा आफ्नो चाहनाअनुसारको सेवा लिन भी २१ ई ले सघाउँछ । विभिन्न विशेषतायुक्त भी २१ ई मा जडित फ्रन्ट क्यामेरा विशेष अवसरको फोटो लिन सक्षम छ ।'
भीभोको नयाँ उत्पादन भी २१ ई मा उत्कृष्ट फ्रन्ट क्यामेरा र विशेष सफ्टवेयर जस्तै अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, ४ के गुणस्तरको स्टेबल भिडियो प्राप्त हुन्छ । शक्तिशाली ४४ एम्पीको एफ/२.० आपेर्चरले गर्दा प्रकाश कम भएको ठाउँमा पनि रिजल्ट राम्रो दिन्छ । अनावश्यक नोइज नियन्त्रण का साथै नाइट फोटो क्याप्चर गर्नु यसको विशेषता हो । जसको हाई क्वालिटी सफ्टवेयर र हार्डवेयरले राम्रो फोटो निकाल्न मदत गर्दछ । यसमा रहेको डुवलभ्यू भिडियो, स्लो मोशन सेल्फी भिडियो, ४ के सेल्फी भिडियो ८ स्टेडीफेश सेल्फी भिडियोले प्रयोगकर्ताले चाहे जस्तो परिणाम दिने कम्पनीले जनाएको छ । प्रभावशाली ६४ एम्पी नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रो फोटोग्राफीमा अरु क्यामेराभन्दा राम्रो परिणाम दिन्छ । वाइड एंगल र विशेष कम्प्लेक्स सट्को कम्बीनेसनले सबै प्रकारको वातावरणमा गुणस्तरीय फोटोग्राफीको अनुभव प्रदान गर्दछ ।
भी २१ ई लाई क्वालकम स्न्यापड्रागन ७२० जीप्रोसेसर, ८ जीवी र्याम र १२८ जीवी रोम रहेको छ । यसमा ३ जीवी एक्सटेन्डेबल र्यामको विशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । यो स्मार्ट फोनको मूल्य ३९ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको कम्पनीले उल्लेख गरिएको छ ।
























