साताको अन्तिम दिन १६ अंकले घट्यो नेप्से
वि.सं.२०७८ साउन २१ बिहीवार २१:४९
shares

साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर तीन हजार १०७.४५ अंकमा झरेको छ । दिनभर कारोबार भएका २२६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ पुगेको छ ।
समूहगत सबइन्डेक्सहरुमा विकास बैंक समूह भने १०८ अंकभन्दा धेरैले बढेको छ । बैंकिङ समूह पनि झिनो अंकले बढ्दा बाँकी सबै समूहका सबइन्डेक्सहरु घटेका छन् । नेप्सेमा करेक्सन भए पनि ४ कम्पनीको सेयर सकारात्मक सर्किटको लेभलमा कारोबार भएका छन् । नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
























