‘फर्च्युन ग्लोबल ५००’ मा ३३८औं स्थानमा उक्लियो शाओमी
वि.सं.२०७८ साउन २१ बिहीवार २१:३१
shares

शाओमी सन् २०२१ को र्यांकिङमा ३३८औं स्थानमा उक्लिदै लगातार तेस्रो बर्ष ‘फर्च्युन ग्लोबल ५००’ को सूचीमा परेको छ । २०२० मा ४२२औं स्थानको तुलनामा ८४ स्थानको महत्वपूर्ण अग्रता हासिल गरेको शाओमीले इन्टरनेट र रिटेल श्रेणीमा सबैभन्दा छिटो बृद्धि गर्ने कम्पनीको रुपमा स्थापित गरिएको छ ।
फर्च्युनको सूचीमा परेपछि शाओमीका संस्थापक अध्यक्ष तथा सीइओ लेई जूनले भने, ‘हाम्रा विगतका उपलब्धिहरुको तुलनामा म धेरै हाम्रो सम्भावित बृद्धिमा धेरै केन्द्रित रहेको छु । शाओमी अझै पनि प्रेरणाको पूर्ण रुप बोकेको एक युवा महत्वाकांक्षी कम्पनी हो । मँ विश्वभरि हाम्रा शाओमीका प्रशंसकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु, किनकि उहाँहरुको अटल समर्थनले हाम्रो शाओमीलाई यति जीवन्त र ऊर्जावान् बनाउन मद्दत गरेको छ । मलाई लाग्छ कि शाओमीको लागि कुनै पनि सीमा छैन र म विश्वस्त छु कि मानिसहरुले भविष्यमा अझ एक बलियो, अधिक शक्तिशाली शाओमी देख्नेछन्, र हामीले अर्को वर्ष फर्च्यून ग्लोबल ५०० सूचीमा धेरै उत्कृष्ट रेकर्ड हासिल गर्नेछौं ।’
शाओमीको आय रिपोर्टअनुसार शाओमीको कुल राजस्व सन् २०२० मा आरएमबी २४५.९ बिलियन थियोे, जसले शाओमीलाई २०२१ को फर्च्युन ग्लोबल ५००को सूची मा ३३८औं स्थानमा उकाल्यो । २०२१ मा शाओमी छिटो बृद्धिको एक बलियो गतिमा रहेको छ । यसले बजारको अपेक्षाहरुलाई पार गर्दै रेभेन्यू र नेट प्रोफिटको मामिलामा विस्फोटक वृद्धि गरेको छ । २०२१ को पहिलो त्रैमासिकमा, शाओमीको अवधिको लागि कुल राजस्व आरएमबी ७६.९ बिलियन थियो जसले वर्ष–प्रति वर्ष ५४.७% को बृद्धि को प्रतिनिधित्व गर्यो भने अवधिको लागि समायोजित नेट प्रोफिट आरएमबी ६.१ बिलियनको थियो, जुन वर्ष प्रति वर्ष १६३.८ प्रतिशत वृद्धि थियो ।
हाई–एण्ड स्मार्टफोनको बजारमा शाओमीको एभर एक्सपान्डिंग फुटहोल्ड एवं अन्तर्राष्ट्रिय बजारमा छिटो बृद्धि र कम्पनीको नयाँ खुद्रा व्यापारको विकासको लागि यो वृद्धि जिम्मेवार रहेको कम्पनीका सीइओ जुनले बताए । शाओमीको मुख्य टेक्नोलोजीमा रहेको फोकसले यसलाई एक उन्नत प्रयोगकर्ता अनुभव बनाउनको लागि प्रेरक शक्ति प्रदान गरेको छ र यसले यसको मी १० र मी ११ सिरिजको माध्यमबाट हाई–एण्ड बजार क्षेत्रहरुमा आफ्नो पकड बलियो बनाएको छ । २०२१ को पहिलो त्रैमासिकमा, मुख्य भूमि चीनमा तीन हजार आरएमबी वा माथिको र अन्तर्राष्ट्रिय बजारमा तीन सय यूरो र सोभन्दा माथिको मूल्य भएको शाओमी स्मार्टफोनको विश्वव्यापी ढुवानीले ४० लाख नाघेको छ ।
शाओमीको विश्वव्यापी विस्तारले यसको समग्र बृद्धिलाई पनि प्रेरित गरेको छ । क्यानालीसका अनुसार कम्पनीले एप्पललाई पछाडि पार्दै स्मार्टफोन शिपमेन्टको १७ प्रतिशत सेयरको साथमा विश्वव्यापी रुपमा दोस्रो स्थान हासिल गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा, शाओमीले ल्याटिन अमेरिकी बजारमा ३०० प्रतिशत वर्षमा–वर्ष बृद्धि, अफ्रिकामा १५० प्रतिशतभन्दा बढी वृद्धि र पश्चिमी यूरोपमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको छ । शाओमी स्मार्टफोनले विश्वको १०० भन्दाबढी बजारहरुमा प्रवेश गरिसकेको छ ।
नयाँ खुद्राको सन्दर्भमा शाओमीको भौतिक स्टोरहरुमा २०२० देखि छिटो विस्तारको अनुभव गरीएको छ । मुख्य भूमि चीन मा शाओमीको स्टोरहरुको कुल संख्याले अप्रिल २०२१ को अन्त सम्ममा पाँच हजार ५०० पार गरेको थियो । जबकी अन्तर्राष्ट्रिय बजार मा एक हजारभन्दा बढी शाओमीका स्टोरहरु छन् । शाओमीको भौतिक खुद्रा नेटवर्क विश्वभरमा छिटो विस्तार भइरहेको छ ।
शाओमीले आरएन्डडी र प्रतिभामा लगानी गर्न जारी राखेको छ । यसको आरएण्डडी टीमको लागि नयाँ रिवार्ड स्ट्रक्चरकोे एक सिरिज सिर्जना गरिरहेको छ र शाओमी स्मार्ट फ्याकटरी प्रोजेक्टकोे दोस्रो चरणको सुरूवात हुँदैछ । लेई जूनले कम्पनीको १०औं वार्षिकोत्सवमा भने, ‘अर्को दशकमा शाओमीको निर्माण उद्योगमा एक नयाँ ड्राइभिंग फोर्स हुनेछ ।’ स्मार्ट म्यानुफ्याक्चरिंग शाओमीको मुख्य प्रतिष्पर्धी लाभमध्ये एक हुन गइरहेको छ ।
स्मार्टफोन, एआइओटी र स्मार्ट म्यानुफ्याक्चरिंग उद्योगको नेतृत्व गर्दा शाओमीले पनि स्मार्ट इलेक्ट्रिक भेहिकल मार्केटमा प्रवेश गरेको छ । मार्च २०२१ मा शाओमीले आधिकारिक रूपमा घोषणा गर्यो कि कम्पनीले स्मार्ट इलेक्ट्रिक व्यवसाय सञ्चालन गर्न सीइओ लेई जूनको नेतृत्वमा पूर्ण स्वामित्वको सहायक कम्पनी स्थापना गर्नेछ । जसको कुल लगानी १० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ । लगानीको प्रारम्भिक चरण आरएमबी १० अर्बको हुनेछ । स्मार्ट इलेक्ट्रिक सवारी साधन शाओमीको लागी नयाँ बृद्धि को एक महत्वपूर्ण चालक हुनेछ ।
























