ह्वावेले एसिया प्यासिफिक स्टार्टअप इकोसिस्टममा १०० मिलियन अमेरिकी डलर लगानी गर्दै
वि.सं.२०७८ साउन २० बुधवार २२:५०
shares

ह्वावेले सिंगापुर र हङकंगमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । ह्वावेका अनुसार लगानी एसिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ । जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको छ ।
ह्वावेले सिंगापुर, हङकंग, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ । शिखर सम्मेलनमा ह्वावेले यस कार्यक्रमले इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भियतनाममा चार अतिरिक्त स्टार्टअप हबहरुको विकासमा आफ्नो प्रयास केन्द्रित गर्ने घोषणा गर्यो । स्पार्क एसेलेरेटर कार्यक्रममा कुल एक हजार स्टार्टअप भर्ती गर्ने व्यापक उद्देश्यसँगै स्केलअपमा ती मध्ये १०० लाई आकार दिने छ ।
साथै यो शिखर सम्मेलनमा ह्वावेले दुनिया भरमा स्टार्टअपलाई समर्थन गर्न आफ्नो क्लाउड-प्लस-क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको उद्घाटन गरेको थियो । ह्वावेले निरन्तर प्रयासलाई समर्पित गर्नेछ र क्लाउड-प्लस-क्लाउड कोलाबोरेसनमा पूर्ण व्यापार पोर्टफोलियोको लाभ उठाई प्राविधिक इनोभेसन, ग्लोबल र स्थानीय सेवाहरु र व्यापार इकोसिस्टमलाई बढावा दिन्छ, जसले स्टार्टअप्सको बृद्धिलाई बढावा दिनेछ ।
यो शिखर सम्मेलनमा धेरै प्रमुख एसियाली स्टार्टअप, शिक्षाविद्, विभिन्न उद्योग र सरकारहरु र मिडिया, साथसाथै ५० भन्दा बढी क्षेत्रीय शीर्ष उद्यम पुँजीपतिहरु र ३०० भन्दा बढी स्टार्टअप संस्थापकहरु उपस्थित थिए । कार्यक्रममा भाषण र प्यानलको ध्यान यो स्टार्टअप इकोसिस्टमको सामाजिक भ्यालु र कसरी प्राविधिक र इकोसिस्टम इनोभेसनलाई बढावा दिन सक्छन्, स्थानीय समुदायमा योगदान र सामाजिक आर्थिक विकासलाई ड्राइभ गर्न सक्छन् भन्नेमा केन्द्रित थियो ।
एसिया प्रशान्त स्पार्क कार्यक्रमअन्तर्गत तीन अतिरिक्त पहल कार्यक्रम ह्वावेद्वारा सुरू गरिएको थियो । स्पार्क डेभ्लपर कार्यक्रम जसको उद्देश्य एसिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउडद्वारा सञ्चालित एक डेभ्लपर इकोसिस्टमको ख्याल गर्नु हो । स्पार्क पिटस्टप कार्यक्रम ह्वावे क्लाउडमा स्टार्टअपलाई चलाउन र समर्थन गर्न डिजाइन गरिएको हो । ताकि प्रोडक्ट डेभ्लप्मेन्ट अगाडि बढाउन सकियोस् । स्पार्क इनोभेसन प्रोग्रामले स्पार्क स्टार्टअप इकोसिस्टमद्वारा इन्टरप्राइजेज इनोभेसनको सुविधामा ध्यान केन्द्रित गर्दछ ।
ह्वावेका वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य क्याथरीन चेनले सामाजिक प्रगतिको लागि स्टार्टअप कति महत्वपूर्ण छ र ह्वावेले स्टार्टअपलाई समर्थन गर्न के गर्दैछ भन्ने कुरामा जोड दिएर शिखर सम्मेलनको उद्घाटन गरे । 'स्टार्टअप र एसएमइएस हाम्रो समयका आविष्कारक, अवरोधक र अग्रगामी हुन् । ३४ वर्ष पहिले, ह्वावे मात्र पाँच हजार डलर दर्ता पुँजी भएको एक स्टार्टअप थियो । भर्खरै हामी सोचिरहेका छौं । हामी कसरी हाम्रो अनुभव र श्रोतहरूद्वारा स्टार्टअपलाई चुनौतीहरुको सम्बोधन गर्न मद्दत गर्न सक्छौं ? यसो गर्नाले उनीहरुलाई डिजिटल रूपान्तरणद्वारा प्रस्तुत अवसरहरुको उपयोग गर्नको लागि, व्यापार सफलता हासिल गर्नको लागि र संसारको लागि अधिक इनोभेटिभ उत्पादनहरु र सोलुसनहरुको विकास गर्ने वातावरण हुनेछ ।'
ह्वावेको क्लाउड बिजनेस युनिटका सीइओ झांग पिंगुआनले भने, '२०१७ मा यसको प्रक्षेपणपछि ह्वावे क्लाउड संसारको सबैभन्दा छिटो बढ्दो क्लाउड भएको छ र अनगिन्ती स्टार्टअपको बृद्धिलाई प्रेरित गरेको छ । गत वर्ष हामीले एसिया प्रशान्तमा स्पार्क प्रोग्राम सुरु गरेका थियौं । यस कार्यक्रमद्वारा हामी स्थानीय सरकार, अग्रणी इन्क्यूबेटर, प्रसिद्ध भीसी फर्महरु र शीर्ष विश्वविद्यालयहरुसँग धेरै क्षेत्रहरुमा स्टार्टअपको लागि प्लेटफर्म निर्माण गर्नको लागि काम गरिरहेका छौं । अहिले ४० स्टार्टअप हाम्रो कार्यक्रममा भाग लिइरहेका छन् ।'
झांगले थपे, 'आजबाट हामी चार नयाँ पहलहरुको माध्यमबाट स्टार्टअप को लागि हाम्रो सहयोग बढाउँदै छौं । ती हुन् क्लाउड-प्लस-क्लाउड कोलाबोरेसन, निरन्तर प्रविधि इनोभेसन, वैश्विक र स्थानीय सेवाहरु र उच्च गुणस्तरीय व्यापार इकोसिस्टम । आज, हामीले हाम्रो क्लाउड-प्लस-क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको सुरुवात गर्यौं, जसको माध्यमबाट हामी स्टार्टअपलाई ४० मिलियन अमेरिकि डलर मूल्यको श्रोतहरु को सहयोग गर्नेछौं । त्यो लगानीको आधा जति ह्वावे क्लाउड, आधा ह्वावे मोबाइल सेवाबाट आउँदैछ ।
२०२१ मा हाम्रो योजना एचएमएस इकोसिस्टममा २०० स्टार्टअपलाई समर्थन गर्ने र च्यानल स्रोतहरुको हाम्रो नेटवर्क विश्वव्यापी डेभ्लपरहरुसँग १ बिलियन ह्वावे उपकरण प्रयोगकर्ताहरुलाई सेवाको साथ सेयर गर्ने रहेको छ । थप रूपमा, हामी एक लाख एसएमएस क्लाउड-नेटिभ डेभ्लपर्सलाई समर्थन गर्न एक एचएमएस डेभ्लपर इनोभेसन केन्द्र खोल्नेछौं ।'
























