काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

थप ४१०७ जना कोरोना संक्रमण, ३५ जनाको मृत्यु

14.55K
shares

पछिल्लो २४ घण्टामा थप चार हजार १०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ९७५ जना र चार हजार ९४४ जनाको एन्टीजेन परीक्षणमा एक हजार १३२ जना गरी चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।