१२ अंकले बढ्यो नेप्से, साढे १५ अर्बको कारोबार
वि.सं.२०७८ साउन २० बुधवार २१:५५
shares

बुधबार नेप्से परिसूचकले फेरि अर्को रेकर्ड कायम गरेको छ । आज १२.५ अंकले बढेर तीन हजार १२३.१४ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अंकले बढेर ५७८.२३ अंकमा पुगेको हो ।
आज २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा खरिद बिक्री भएको छ । नेपाल स्टक स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ६ को सेयर उकालो लागेको छ भने बाँकीको सेयर ओरालो लागेको छ ।
त्यस्तै आज सात कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । अपर तामाकोसी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, अपी हाइड्रोपावर, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोको सेयरमा सर्किट लागेको हो ।
























