काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जसपा विवाद : यादवको पक्षमा ३४ जनाको सनाखत !

13.92K
shares

जनता समाजवादी पार्टी (जसपा) नेपालमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्यले सनाखत गरेका छन् । निर्वाचन आयोगले गरिरहेको 'हेड काउन्ट'मा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मनीषकुमार सुमन र राजकिशोर यादव पनि यादवतिर लागेका छन् । यादव यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका थिए भने सुमन प्रदेश २ का सांसद हुन् । 

'हाम्रो पक्षमा अहिलेसम्म ३४ जना सदस्यले हस्ताक्षर गरिसकेका छन् । अझै रेशम चौधरी पनि आउँदै हुनुहुन्छ', अध्यक्ष यादवले भनेका छन्, 'यो संख्या अझै बढ्न सक्छ । हाम्रो पक्षमा, पार्टी एकताको पक्षमा पूरा बहुमत आएको छ ।' सत्ता समीकरणमा एमाले अध्यक्ष ओली र विपक्षी गठबन्धनबीच उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो ।