ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक
वि.सं.२०७८ साउन ११ सोमवार १८:३०
shares

ओपो रिचर्स इन्स्टिच्यूटले आधिकारिक रुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर-‘सिक्सजी एआइ-क्यूब इन्टेलिजेन्ट नेटवर्किङ’ सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सी (एआइ) ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा कसरी टेवा पुर्याउन सक्छ भन्ने दुरसञ्चार उद्योगकै पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरल अर्को पुस्ताको दुरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ ।
सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मूख्य प्रविधि तथा प्रणालीका सुविधामाथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोल प्रि-रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ । सिक्सजीले एआइसंग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआइलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने ओपोको विश्वास छ । सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरण एआइका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणमार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआइ मोडलका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्ने ओपोले जनाएको छ ।
उदाहरणका लागि स्वचालित सवारीमा सिक्सजी सञ्जालले सवारीको अवस्थिति र वातावरण (समय र मोसम)का आधारमा उपयुक्त एआइ अल्गोरिदमको उपयोग गर्दै इष्टतम (अप्टिमल) कम्यूनिकेशन कनेक्सनको छनोट गर्न सक्नेछन् । अन्य सवारी-साधन तथा उपकरणका अनुभवको आधारमा सवारीले तत्सम् एआइ अल्गोरिदम डाउनलोड गरी उपयोगमा ल्याउन सक्नेछन् । यसले सवारीले यात्रुलाई सर्वाधिक सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कार्यमा सघाउ मिल्ने छ ।
.jpg)
विद्यमान सञ्जाललाई दि कन्ट्रोल प्लेन (सीपी) र दि यूजर प्लेन (यूपी) गरी दूई आयाममा विभाजित गर्न सकिन्छ । यूपीको प्रमुख भूमिका प्रयोगकर्ताले प्रत्यक्षरुपमा उपभोग गर्न सकिने गति तथा ढिदाई जस्ता नेटवर्क परफरमेन्सका लागि हुन्छ । त्यसैगरी सीपीको सम्बन्ध नेटवर्क कन्फिगरेशनसँग हुन्छ । यसको जिम्मेवारी भनेको चलायमान अवस्थामा विभिन्न अवस्था, अवस्थिति तथा नेटवर्क नोड्स मातहतपनि स्थिर नेटवक अपरेसन प्रदान गर्नु हुन्छ । यूपीलाई सहरी ट्राफिकमा तीब्र गतिमा अगाडी बढी रहेको सावरी मान्ने हो भने, सीपीलाई रोड ट्राफिक नियन्त्रकका रुपमा लिन सकिन्छ ।
प्रस्तावित नेटवर्क अन्तर्गत सिक्सजी उपकरणलाई एआई डोमेन मातहत उपकरणको अवस्थिति र मागका आधारमा विनियोजित गरिन्छ । यसपश्चात् उपयुक्त सञ्चार कनेक्शनमार्फत सम्बन्धित कार्य सम्पादनका लागि ती एआइ डोमेनले सबैभन्दा उपयुक्त एआइ अल्गोरिदम र आवश्यक प्रक्रियाको चयन र छनोट गर्छ । फोरजी र फाइभजी भन्दा फरक तवरले उपकरणको महत्वपूर्ण भूमिकाका साथै सिक्सजीमा निर्णय लिने सञ्जाल अर्ग्रानिक तवरमै उपकरण तथा सञ्जालमै एकिकृत गरिएको हुन्छ । भविष्यमा विश्वको सिक्सजी मापदण्ड निर्माणमा सहयोग पुर्याउने सोचका साथ ओपोले सिक्सजी प्रविधिअन्तर्गत पूर्व अनुसन्धान कार्य जारी राख्ने जनाइएको छ ।

फाइभजीको लोकप्रियताका लागि प्रमुख योगदानकर्ताका रुपमा ओपोले आफ्ना पार्टनर्ससंगको सहकार्यलाई निरन्तर्ता दिँदै ठूलो परिमाणमा फाइभजीको व्यवसायिकरणलाई बढावा दिने कार्यलाई पनि निरन्तर्ता दिने पनि बताइएको छ । कम्पनीको मूल उद्देश्य सबैलाई फाइदा पुग्ने हेतुले सञ्चार प्रविधिमा क्रान्तिकारी परिर्वतन ल्याउँदै इन्टरनेट अफ एक्स्पेरियन्सको विकासमा अग्रगामी नेतृत्वदायी भूमिका निभाउने रहने जानकारी दिइएको छ ।

























