नेपालको सबैभन्दा ठूलो पब्जी च्याम्पियनसीप सम्पन्न
वि.सं.२०७८ साउन ६ बुधवार १८:१४
shares

एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनसीप २०२१ GGCO द्वारा TVS NTORQ’s Super Squad Edition को सहकार्यमा आयोजित एक इस्पोटर्स प्रतियोगिता सम्पन्न भएको छ । देश-भरीका ६६० भन्दा बढी टोलीले यस प्रतियोगिताको लागि प्रतिस्पर्धा गरेका थिए ।
२० दिनको अवधिमा दर्ता गरिएका टोलीले टीभीएस एनटर्क स्कूटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । यो टूर्नामेन्ट जगदम्बा मोटर्स-टीभीएसले नेपाली गेमिङको समुदायलाई सहयोग पुर्याउनको लागि आरम्भ गरेको हो । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, 'यो एउटा कर्पोरेट कम्पनीले नेपालको इस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ ।'
TVS NTORQ Super Squad PUBG Mobile Championship 2021 नेपालको लागि लक्षित गरिएको प्रतियोगितामा ६६० भन्दा बढी टोली आकर्षित भएका थिए । यो प्रतियोगिता जून १, २०२१ मा सुरू भएको र जुलाई १६, २०२१ मा समाप्त भएको हो । फाइनलमा ४८ टिम (प्रत्येक समूहमा १६ जना) गरी सामेल गरिएका थिए । टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो । Invincible Red, Combat Blue / Stealth Black । कार्यक्रमको ढाँचा क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनल गरी मिलाइएको थियो जुन सबै अनलाइन टूर्नामेन्ट थिए । टोली फरक सीप स्तरका थिए । तीन भाग्यशाली विजेताले TVS NTORQ’s Super Squad मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिज जित्न सफल भए ।
Invincible Red टिमको विजेता Play with Purpose (PWP eSports), Combat Blue टिमको विजेता Deadeyes Guys (DE) र Stealth Black टिमको विजेता Da Real Soldiers (DRS) क्रमशः जित्न सफल भए । प्रतिस्पर्धा ४५ दिन को अवधिमा सम्पन्न भएको थियो । सो कार्यक्रमका स्ट्रिमिङ च्यानल Jagdamba Motors-TVS Facebook Page र YouTube Channel थिए ।

























