को हुन् ‘ग्लोकल टीन हिरो २०२०’ को विजेता मन्दिरा श्रेष्ठ ?
वि.सं.२०७८ असार २० आइतवार २०:४७
shares

मन्दिरा श्रेष्ठ ! यो नाम २०२० को अखबार, हरेक अनलाइन पोर्टल्समा धेरै देखियो । १९ वर्षीया मन्दिरा श्रेष्ठ, एक युवा स्वास्थ्य कार्यकर्ता एवं अभियान्ता र वाई वाई ग्लोकल टिन हिरो २०२० का राष्ट्रिय पुरस्कार प्राप्तकर्ता हुन् । उनले 'युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०' को टिम लिडरको रूपमा काम गरेकी छन् ।
उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय रुपमा सहभागी भइरहेकी छन् । राष्ट्रिय किशोर किशोरी फोरमले उचित अवसरबाट वञ्चित छोरीको अवस्था सुधार गर्न काम गर्दछ । त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी 'ट्री पद्ममा चाइल्ड क्लब'मा सामाजिक स्वयं सेवकको रुपमा काम गरिरहेकी छन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुल्दै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन् ।
उनी सानै उमेरदेखि सामाजिक कार्यहरुमा सक्रिय रुपमा लागिरहेकी छन् । उनको बाल्यकालको दिन स्मरण गर्दा उनले सानै उमेरदेखि परोपकारी भावना लिएर अरूलाई सहयोग गर्ने र सेवा गर्ने कुरामा अग्रसर रहिन् । १० वर्षको कलिलो उमेरमा पहिलो पटक बाल अधिकारको क्षेत्रमा उनको सन्लग्नता प्रगाढ रुपमा अगाडि बढ्यो । त्यस बेलादेखि नै उनले स्वास्थ्य सक्रियताको यात्रा सुरु गरिन् ।
स्वास्थ्य क्षेत्र सँगसँगै आफ्नो शैक्षिक ज्ञान साझा गर्न, नर्सिङ कोर्सको पहुँच एवं विकास गर्न नेपाल अनलाइन स्कूलसँग काम गरिरहेकी छन् । राष्ट्रिय बाल प्रतिनिधि र राष्ट्रिय किशोर प्रतिनिधिको रूपमा सबैको समान अधिकारको लक्ष्यका लागि वकालत गरिरहेकी छन् । यसबाहेक उनी त्रि-पद्मा बाल क्लबको सहयोगी, एक समुदाय स्वयंसेवक, र एक एसआरएचआर ट्रेनर पनि हुन् । कोभिड महामारीको क्रममा विभिन्न मिडियामार्फत् कोभिड-१९ का बारेमा जागरुकता बढाउँदै बच्चा र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा लागि काम गरिरहेकी छन् ।
उनले यस अघि Women for Women foundation (WFWF), नेदरल्याण्ड्स,’ ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा ट्रस्ट (आरएचईएसटी) का सह-प्रशिक्षक, को रुपमा पनि कार्य गरेकी थिइन् ।
उनी नेपालका सम्पूर्ण किशोर किशोरी तथा युवा वर्गको लागि एक प्रेरणाको स्रोत बनेकी छिन् । सानै उमेरमा पनि आफ्नो परिवार, समाज तथा राष्ट्रप्रति योगदान दिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्दिरा एक सकारात्मक सोचको प्रतिमूर्ति हुन् । हालसालै, मन्दिरा र क्यूआरसीका टोलीले सिन्धुपाल्चोक जिल्लाको तालामराङ, मेलम्ची, र हेलम्बु क्षेत्रमा बाढी पीडितको उद्धार अभियान सुरु गरेका छन् । स्वास्थ्य शिविरको माध्यमबाट उनी पीडित र असुरक्षितलाई सिन्धुपाल्चोक प्रकोप साइटमा सहयोग गर्छिन् ।
उनी यौन स्वास्थ्य र प्रजनन, लैंगिक समानता र यौन अल्पसंख्यकको पक्षमा वकालत गर्न जारी राख्न चाहन्छिन् । आफ्नो ज्ञान र क्षमताको लाभ उठाउने आशा राख्छिन् र विश्वलाई राम्रो स्थान बनाउनको लागि आफूले योगदान दिन पछि नहट्ने उनले बताइन् ? उनले आफ्नो शिक्षा पूरा गरेपछि स्वास्थ्य क्षेत्रमा एक अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाको लागि काम गर्ने योजना बनाएकी छिन् ।

























