ग्लोकल टिन हिरोको सातौं संस्करणका लागि आवेदन खुल्ला
वि.सं.२०७८ जेठ ३० आइतवार १८:३५
shares

शुक्रबार ग्लोकल टीन हीरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुलेको घोषणा गरिएको छ । गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत घोषणा गरिनेछ ।
यस उपाधिको माध्यमबाट किशोर किशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने ग्लोकले जनाएको छ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर-किशोरीलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलंकाबाट एक/एक जना सम्मनित भएका छन् । साथै २० अण्डर २० छनोट गरेर हालसम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गने लक्ष्य लिएको ग्लोकलले बताइएको छ ।
सेप्टेम्बर १ मा ग्लोकल टिन हिरो नेपाल अनलाइन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजनमार्फत लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अनलाइन नै सञ्चालन हुनेछ ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यलगयत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीले अनलाइनमार्फत निशुल्क आवेदन भर्न सक्ने छन् । पहिलो चरणमा कुल आवेदनलाई अन्तरवार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ । अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वाता हुनेछ र २०२१ को विजेता घोषणा गरिने छ ।
अन्तिम स्क्रीनिङ र साक्षात्कार अनलाइनमार्फत हुनेछ र निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डी र व्यवसाय विकास निर्देशक, विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी र नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष, सौरभ ज्योति रहनेछन् । देशभरीका प्रतिभावान किशोर किशोरीलाई एकैसाथ ल्याउन ग्लोकलसँग विभिन्न संघसंस्था साझेदारका रुपमा जोडिएका छन् । ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ । रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, पहल साझेदारको रूपमा द सोल्टी होटेल, पार्टनरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पञ्चकन्या, डोल्मा, डिश होम, डब्ल्यू डब्ल्यूएफ नेपाल, द् ब्रिटिश कलेज, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किंस कलेज, विद्या संस्कार र चेल्सी कलेज,पी आर पार्टनरमा भी -चित्र, टेलिभिजन पार्टनरमा योहो टेलिभिजन र समर्थकमाः वर्ल्डलिंक, ईसेवा, गेनेसे क्लाउड एकेडेमी, आईसेक, क्विक्स रभ्यू योर चोइस रहेका छन् ।
ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन घोषणा
ग्लोकलले राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन आयोजना गर्न लागेको छ । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीको अनलाइन उपस्थिति रहनेछ । यस वर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण हुनेछ र देश तथा विदेशका किशोर-किशोरीको एकै मञ्चमा उपस्थित हुनेछन् । उक्त सम्मेलनमा किशोर-किशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्ट-छुट्टै विषय उद्यमशीलता, सशक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ ।
उक्त कार्यक्रम पनि अनलाइन नै सञ्चालन गरिनेछ । यस कार्यक्रमको आवेदन खोलिएको घोषणा पनि पत्रकार सम्मेलनमार्फत जानकारी गरिएको थियो । अनलाइन आवेदन https://gitc.glocalteenhero.com/ मार्फत निशुल्क भर्न सकिने ग्लोकले जनाएको छ ।

























