काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साओमीद्वारा अल न्यू फ्ल्यागशिप मी ११ सिरिज सार्वजनिक

14.99K
shares

साओमीले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर- मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर सार्वजनिक गरेको छ । मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्समा ई४ १२० हर्जको एमोलेड डिस्प्ले,डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ र भव्य नयाँ डिजाइन प्रस्तुत छन् ।

अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधालाई अल्ट्रा-लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्दछ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, 'मी मा हामी उत्कृष्ट प्रस्तुतिकरण र स्टनिङ डिजाइनकासाथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित छौँ । जसमा कोही पनि नयाँ उत्पादनको स्वामित्व खोजिरहेका छन् ।' उनले थपे, 'हाम्रो फ्ल्यागशिपको मी ११सिरिज-मी ११ एक्स प्रो र मी ११ लाइटको साथ हाम्रो उद्देश्य भनेको नेपालमा इन्डस्ट्री-फस्ट क्लास-लिडिङ उत्पादन र प्रविधि भित्राउने हो।'

मी ११ एक्स प्रो-कट अभोव द एज

यो उपकरण हाई-एन्ड क्वालकम®स्न्यापड्रागनTM ८८८ चिपसेटको साथ काइरोTM ६८० सिपियुको साथ एक्सट्रिम कम्प्युटेशनल स्पिड र इन्क्रोडिबल पावर इफिसियन्सी प्रदान गर्न सक्षम छ । फ्ल्यागशिप चिपसेट एड्भान्स ५ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीको साथ आउँदछ जसले एक सुपरफास्ट एक्सपेरियन्सको प्रदान गर्दछ । यसले एफोर्टलेस पर्फमेन्सको लागि आर्मकर्टेक्स-एक्स १ अल्ट्रा-लार्ज कोर टेक्नोलोजी पनि प्रदान गर्दछ । यो उपकरणमा एलपीडीडी आर५ को र्याम र स्विफ्ट एक्सपेरियन्स अनि मल्टी टास्किङगको लागि हाई इफिसियन्सी प्रदान गर्न लेटेस्ट युएफएस ३.१ को फ्ल्यास मेमोरी इन्स्टल्ड छ । यसले हिट डेसिपेसनको लागि एड्भान्स्ड लिक्विडकुल टेक्नोलोजीको पनि प्रयोग गर्दछ जसले सधैँ स्थिर प्रदर्शनको सुनिश्चित गर्दछ।

भव्य डिजाइन

मी ११ एक्स प्रो ले स्लिम प्रोफाइल र लाइटवेट चेसिसलाई मर्ज गर्दछ जसले समग्र ह्यान्ड-फिललाई बढावा दिन्छ । एक सहज र हल्का वजन रहेको यो उपकरण मात्र १९६ ग्रामको छ । अत्यन्त सौन्दर्य डिजाइनको साथ निर्मित मी ११ एक्स प्रो ले कम्प्याक्ट प्याकेजमा एक इमर्सिभ दृश्यको एक्सपेरियन्स प्रदान गर्दछ । एक प्रिमियम फिनिस र ७.८ मिलिमिटरको मोटो ग्लास बडीको साथ आउने यस उपकरणले घण्टौँसम्मको लागि कडा र आरामदमयक पकड प्रदान गर्दछ ।

डिस्प्लेमेट ए+ रेटेडस्ट निङ डिस्प्ले

मी ११ एक्स प्रो १२० हर्जको एफएचडी+ ई४ एमोलेड डिस्प्लेको साथ आउँदछ जसले न्यूनतम अवरोधको साथ उच्चतम स्तरको स्पष्टता प्रदान गर्दछ । सुविधाजनक फ्ल्याट डिस्प्ले डिजाइनकोसाथ यसले हार्स लाइटिङ कन्डिसन वा प्रत्यक्ष सूर्यको प्रकाशमा पनि अनकम्प्रमाइज्ड भ्युइन्ग एक्सपेरियन्सको लागि १३०० निट्सको पिक ब्राइटनेश प्रस्तुत गर्दछ । सुरक्षाको लागि फोनको दुवै अगाडि र पछाडि भागमा स्क्रिन कर्निङ®गोरिल्ला® ग्लास प्रोटेक्सनको साथ उपलब्ध छ ।

डल्बीएटमससँग अतुलनीय अडियो एक्सपेरियन्स

फ्ल्यागशिप डिस्प्लेको प्रशंसा गर्दै मी ११ एक्स प्रो डल्बी एटमस र एक डेडिकेटेड डुअल स्पिकर सेटअपको साथ सञ्चालित छ । प्रोफेशनल ट्यून गरिएको स्पिकरले गेम्स, कार्यक्रम र चलचित्रको लागि अविश्वसनीय अडियो आउटपुट प्रदान गर्दछ ।

१०८ एमपीको एआईट्रिपल क्यामेराको साथ प्रो-लेभल फोटोग्राफी

मी ११ एक्स प्रोमा बेस्ट-इन-क्लास ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसले फोटोग्राफी उत्साहीको लागि १०८ एमपीको मेन क्यामेरा सेन्सरको मद्दतले प्रोफेशनल-ग्रेड फोटोग्राफी प्रदान गर्दछ । ट्रिपल क्यामेरा सेटअपमा १०८ एमपीको प्राइमरी सेन्सर रहेको छ । प्राइमरी सेन्सर ८ एमपीको अल्ट्रा–वाइड क्यामेरा सेन्सरको साथ उपलब्ध छ । २० एमपीको फ्रन्ट क्यामेराको साथ प्रयोगकर्ताले उच्च-गुणवत्ताको सेल्फी कब्जा गर्न र एक उत्कृष्ट भिडियो कलिङको अनुभवको मजा लिन सक्छन् ।

४६०० एमएएच ब्याट्रीको उपलब्धता

मी ११ एक्स प्रो एक विशाल ४ हजार ५२० एमएएच ब्याट्रीको साथ आउँदछ । जसले स्मार्टफोनलाई पूरा दिनको लागि ब्याट्री ब्याकअप प्रदान गर्दछ । यो ३३ वाटको द्रुत चार्ज टेक्नोलोजीको साथ पनि आउँदछ जसले मात्र १९ मिनेटमा उपकरणलाई ० देखि ५० प्रतिशत चार्ज गरेर जुसिङ अप हुन मद्दत गर्दछ । यसको बक्समा ३३ वाटको फास्ट चार्जर पनि उपलब्ध छ ।

मी ११ लाइटःकुनै पनि सम्झौता बिनाको अल्ट्रा-स्लिम स्मार्टफोन

६.५५ इन्चको एमोलेड डट डिस्प्ले र १० बिटको टुकलर सपोर्टको साथ मी ११ लाइटले एक चम्किलो १.०७ बिलियन रंगको उत्पादन गर्दछ । जुन यसको पूर्ववर्ती भन्दा ६४ गुणा बढी छ । यसले स्मुथर कलर ग्राडेसन र ह्युको बीचमा अझै बढी न्याचुरल ट्रान्जिसन प्रदान गर्दछ जसले ब्यान्डिंगलाई घटाउने, ध्वनीलाई घटाउने र डिस्प्ले भ्यु भएको कुनै पनि एंगलबाट इमेजमा भएका ब्लेमिसहरुलाई हटाउने काम गर्दछ ।

मी ११ लाइटको स्टनिंग पिक्चर क्वालिटी समान रुपमा स्पष्ट आवाजको साथ जोडिएको छ । डुअल स्पिकरसँग सुसज्जित र हाई-रेसको अडियो र हाई-रेसको अडियो ९० हर्जको रिफ्रेस र २४० हर्जको टच स्याम्पलिङ रेटको साथ मी ११ लाइट प्रयोग गर्न उत्तिकै नै प्रभावकारी रहेको छ ।

फ्ल्यागशिप लेभलको पर्फमेन्स

मी ११ लाइटमा क्वालकम® स्न्यापड्रागनTM ७३२ जीको ८ न्यानोमिटरको म्यानुफ्याक्चरिङ प्रोसेस टेक्नोलोजी र लिक्विडकुल रहेको छ । ५० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जिङबाट सुसज्जित रहेको मी ११ लाइटले पूरा दिनको लागि लङ–लास्टिङ पावर र मल्टी-डे युजलाई प्रोत्साहन दिन्छ ।

बेस्ट-इन-क्लास पर्फमेन्सको विरासत जारी राख्दै मी ११ लाइट

मी ११ लाइटले साओमीको नवीनताको उत्तराधिकार र बेस्टइन-क्लास स्मार्टफोन क्यामेरा टेक्नोलोजीलाई बोकेको छ । ६४ एमपीको मेन क्यामेरा र १/१.९७ इन्चको सेन्सरको साथ ट्रिपल रियर क्यामेरा एरे रहेको मी ११ लाइटले एक निम्बल र युजर-फ्रेन्डली एक्सपेरियन्सको प्रदान गर्दछ । ८ एमपीको अल्ट्रा-वाइड क्यामेरा र ५ एमपीको टेलीम्याव्रो क्यामेरा राउन्ड आउटको ट्रिपल क्यामेरा सेटअपले प्रयोगकर्तालाई वाइड सिनरी सट्स कब्जा गर्न वा स्टनिङ डिटेलका साथ क्लोजअपको म्याक्रो सट्स लिन मद्दत गर्दछ ।

हेड-टर्निङ डिजाइन र कम्फर्टएबल फिल

६.८१ मिलिमिटरको मोटाई र १५७ ग्रामको तौल रहेको मी ११ लाइटले आरामदायी र लाइटवेट इन-ह्यान्ड फिलको महसुस गराउँछ । फ्रन्ट क्यामेराको लागि काटिएको पञ्च होलको साथ मी ११ लाइटमा माथि र छेउमा १.८८ मिलिमिटरको अल्ट्रा-स्लिम बेजेल रहेको छ । कोर्निंङ® गोरिल्ला®ग्लास ५ द्वारा सुरक्षित मी ११ लाइट दैनिक झर्न र कोरिनबाट बच्न निर्मित छ ।

रंगहरु :

मी ११ एक्स प्रो तीन वटा रंगको भेरियन्टमा उपलब्ध छन् : कस्मिक ब्ल्याक, लुनार वाइट र म्याजिक सेलेस्टियल सिल्भर । म्याजिक सेलेस्टियल सिल्भर रंगको भेरियन्ट विभिन्न काणबाट हेर्दा फरक रंगको देखिन्छ ।

मी ११ लाइट तीन वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः बोबा ब्ल्याक, बबलगम ब्लु र पिच पिंक

उपलब्धता :

मी ११ एक्स प्रो र मी ११ लाइट अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पाटर्नरमा ११ जुन २०२१ र १३ जुन २०२१ देखि उपलब्ध हुनेछ । साओमी नेपालले ३० जुन २०२१ भन्दा अघि मी ११ एक्स प्रो खरीद गर्ने उपभोक्तालाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।

मूल्य उपलब्धता :

मी ११ एक्स प्रो
८ जीबी+ १२८ जीबीः नेपाली ६४ हजार ९९९ रूपैयाँ

८ जीबी+ २५६ जीबीः ६७ हजार ९९९ रूपैयाँ

मी ११ लाइट

६ जीबी+१२८ जीबीः ३४ हजार ९९९