ह्वावेद्वारा चीनमा सबैभन्दा ठूलो साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर स्थापना
वि.सं.२०७८ जेठ २८ शुक्रवार १५:४३
shares

ह्वावेले चीनमा आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टरको स्थापना गरेको छ । ह्वावेले चीनको डोंग्वानमा आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण सेन्टर खोलेको हो ।
नयाँ सेन्टरको उद्घाटनसँगै ह्वावेले यसको प्रोडक्ट साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । कम्पनीले पहिलो पटक समग्रमा उद्योगको लागि आफ्नो प्रोडक्ट सुरक्षा आधारभूत ढाँचा र व्यवस्थापन अभ्यास समेत उपलब्ध गराएको छ । ह्वावेका रोटेटिङ अध्यक्ष केन हूले भने, ‘साइबर सुरक्षा पहिले भन्दा बढी महत्वपूर्ण छ । एक उद्योगको रूपमा हामीसँगै मिलेर काम गर्न, राम्रो अभ्यास साझेदारी गर्न र शासन, मापदण्ड, प्रविधि र प्रमाणिकरणमा हाम्रो सामूहिक क्षमता निर्माण गर्न आवश्यक छ । हामीले दुबै सर्वसाधारण र नियामकर्तालाई उत्पादन र दैनिक रुपमा प्रयोग गर्ने सेवाहरूको सुरक्षामा विश्वास दिलाउन आवश्यक छ । हामी एक बढ्दो डिजिटल संसारमा सुरक्षा र विकास बीच सही सन्तुलन प्रहार गर्न सक्छौं ।’
विगत केहि बर्षमा उद्योग डिजिटलिकरण र फाइभ जी र एआई जस्ता नयाँ प्रविधिहरूले साइबर स्पेसलाई पहिलेभन्दा बढी जटिल बनाएका छन् भन्ने तथ्यलाई कोभिड–१९ महामारीका बेला मानिसहरूले आफ्नो जीवनको एक ठूलो अंश अनलाईनमा बिताइरहेको कुराले जोडेको अध्यक्ष केन हूले बताए । ह्वावेले साइबर प्रशासनमा विशेषज्ञता बाँड्न र टेक्निकल समाधानको लागि एकसाथ काम गर्ने उद्योगका सरोकारवालालाई मञ्च प्रदान गर्दै डोंग्वानमा नयाँ ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ । सोलुसन प्रदर्शन र अनुभव सेयर गर्न, सञ्चार र संयुक्त इनोभेसनलाई सुविधा दिन र सुरक्षा परीक्षण, प्रमाणिकरण समर्थन गर्नको लागि सेन्टर डिजाइन गरिएको ह्वावेले जनाएको छ ।
टेलिकम उद्योगमा साइबर सुरक्षाको लागि एक एकीकृत दृष्टिकोण अगाडि बढाउन जीएसएमए र थ्री जी पीपी जस्ता संस्थाले एनइएसएएस सुरक्षा आश्वासन निर्देशन र स्वतन्त्र प्रमाणीकरण प्रचार गर्न उद्योग सरोकारवालासँग काम गरिरहेका छन् । फाइभ जी युगमा हाल रहेको र नयाँ सेवाहरूको डेलिभरी मोबाइल नेटवर्कले प्रदान गरेको कनेक्टिभिटीमा धेरै निर्भर गर्दछ र मौलिक रूपमा अन्तर्निहित प्रविधिको सुरक्षा र विश्वासमा निर्भर गर्दछ । जीएसएमएका महानिर्देशक म्याट्स ग्रान्रीडले बताए । कार्यक्रममा ह्वावेले आफ्नो उत्पादन साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । बाह्य नियमहरू, जसमा प्राविधिक मापदण्ड र नियामक आवश्यकताको विस्तृत श्रृंखलालाई समाहित गर्दै उत्पादन सुरक्षा प्रबन्धनमा एक दशकको अनुभवको परिणाम आएको उनले जनाएको छ ।
बेसलाइन, ह्वावेको अन्य शासन प्रक्रियाको साथ, कम्पनीको उत्पादनहरूको गुणस्तर, सुरक्षा, र विश्वस्तता सुनिश्चित गर्न मद्दत गर्दछ । पछिल्ला वर्षहरूमा ह्वावेले १,५०० भन्दा बढी नेटवर्क निर्माण गरेको छ जुन १७० देश र क्षेत्रहरूमा तीन अरब भन्दा बढी मानिसलाई कनेक्ट गरेको छ ।

























