काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनसेलले परिमार्जन गर्‍यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क

16.82K
shares

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरी विश्वका १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्क नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवाप्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो । प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकले प्राधिकरणको स्वीकृतिबमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार माथि उल्लेखित १८ वटा देशको शुल्क करबाहेक प्रतिमिनेट ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कलशुल्क कर बाहेक ३०.६५ निर्धारण भएको छ । यस अघि यी देशमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट ४.९९ देखि १५ सम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कलशुल्क अरु सेवाप्रदायकले लिने शुल्कभन्दा निकै नै कम रहेको छ ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ । साथै यस अघि एनसेलले यी देशका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकको स्वीकृत कलशुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।

सन् २०१६ देखि अप्रिल २०२१सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा २७.५  करोडभन्दा बढी नोक्सान भोगेको छ । केही यूरोपियन गन्तव्यमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढी रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जनपश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझैपनि घाटामै रहने छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट ३० रहे पनि कल गरिने गन्तव्य देशअनुसार कुनै-कुनै यूरोपियन गन्तव्यको कलशुल्क कर बाहेक १,१७०.३० सम्म रहेको छ ।

गुणस्तरीय सेवासुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्भ रहेको जनाएको छ । एक जिम्मेवार कर्पोरेटको रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्ण रुपमा परिपालना गर्दै आएको छ । स्थापना कालदेखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कबापत २४२ अर्ब भन्दा बढी राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भुमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय सञ्चालनलाई निरन्तरता दिदै जानेछ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत हालसम्म १ अर्ब २७ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।