ओपोद्वारा ‘ओपोह्याक ग्लोबल इन्नोभेशन कम्पिटिशन’को घोषणा
वि.सं.२०७८ जेठ २१ शुक्रवार १९:२३
shares

ओपोले ओपोह्याक ग्लोबल इन्नोभेशन कम्पिटिशनमार्फत टेक स्टार्टअप्स र नवप्रर्तनात्मक योजनाहरुलाई यस वर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि निमन्त्रित गरेको छ । याे इभेन्ट अन्तर्क्रियात्मक वर्कशप्स, नेटवर्किङ क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानीकाे अवसर रहेकाे ओपोले जनाएकाे छ ।
यस वर्षको प्रतियोगिता ‘सेन्सेशन एण्ड परसेप्शन’अवधारणाका साथै कनेक्टेड कार प्रणाली, इमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिङ) र रोबोटिक्स गरी तीन उप विषयवस्तुमाथि आधारित हुने जानकारी दिइएको छ । ओपोह्याक ग्लोबल इन्नोभेशन कम्पिटिशनले उद्यमशीलता र नयाँ पुस्ताका नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय मञ्चको काम गरोस् भन्ने ओपोको उद्देश्य रहेको छ ।
सहभागिताका लागि योग्यता :
प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारीसहित आवेदन बुझाउनु पर्नेहुन्छ । एक वा बढी थिम्सको छनोट गरी ‘सिडिङ गु्रप’ वा ‘ग्रोइङ गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ । प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी रहनेछ । इच्छुकले थप जानकारी oppohack.com मार्फत प्राप्त गर्न सक्ने ओपोले जनाएको छ ।
कार्यक्रम तालिका :
प्रारम्भिक स्क्रिनिङ : २०२१/०६/०१ – २०२१/०८/०१
फाइनलिस्ट धोषणा : २०२१/०८/०७ – २०२१/०८/०८
निर्णायक इभेन्ट मिति : २०२१/०८/१४ – २०२१/०८/१५
दर्ता :
सहभागिताका लागि http://oppohack.com/ थिच्नु होस् ।
आयोजकहरुका बारेमा संक्षिप्त जानकारी :
आयोजक : ओपो
सन् २००४ मा स्थापित ओपो विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड तथा नवप्रवर्तक हुनाका साथै अग्रणी स्मार्टफोन्स ब्राण्डमध्येकै एक पनि हो । ओपोको व्यापारले, ६ महादेशका ४० भन्दा बढी देश तथा क्षेत्र ओगट्नुका साथै ४० हजारभन्दा बढी कर्मचारी, ८०+ टप अपरेटर पार्टनर्स र ४ लाख+ रिटेल आउटलेट्सका साथ विश्वभर फैलिएको छ । भविष्यतिर अग्रसर हुँदै आइओटी इको प्रणालीको निर्माण गरी पूर्ण रुपमा कनेक्टेड विश्वको अग्रणी बन्ने सोचका साथ ओपो लागिपरेको छ ।
इभेन्टपार्टनर : ह्याकहब
ह्याकहब क्लाउड आधारित स्मार्ट कम्पिटिशन प्ल्याटफर्म हो । यसको स्थापना नर्थ अमेरिकाका ह्याकाथन इन्थूजियास्टहरुले गरेका हुन् । सन् २०१६ देखि यसले शिक्षा, वित्त, मेडिकल केयर, आर्टिफिशियल इन्टेलिजेन्सी, ब्लोकचेनलगायत विषयमा आधारित हुँदै विश्वभर विभिन्न प्रतिस्पर्धाको आयोजना गर्दै आइरहेको छ । विश्वका उत्कृष्ट नवप्रवर्तक, डिजाइनर्स तथा प्रोग्रामर्सहरुलाई एकै ठाउँमा भेला गर्न सफल ह्याकहबले देश तथा विदेशमा सयौँ सफल प्रतियोगिताको आयोजना गरिसकेको छ ।

























