भ्रामक समाचार सच्याउन डेलीमेललाई नेपाली दूतावासको पत्र
वि.सं.२०७८ जेठ २१ शुक्रवार १८:४७
shares

लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलीमेल’अखबारले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले 'बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको' भनी समाचार प्रकाशन गरेको थियो ।
बेलायतबाट प्रकाशन हुने उक्त अखबारकाे समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेकाे विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत स्पष्ट पारिसकेकाे छ । यी दुवै भेरियन्टको उत्पत्ति नेपालमा नभएको र डब्लुएचओले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिसकेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
याे पनि पढ्नुहाेस् :
बेलायती अखबारको समाचारबारे डब्लूएचओले भन्यो- कोभिडको 'नेपाल भेरियन्ट'बारे जानकारी छैन
नेपालमा अहिले कोरोनाकाे नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय
यसका साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ । डब्लुएचओले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स-कोभ- २ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ । साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ ।
नेपाल दूतावासद्वारा जारी विज्ञप्ति :


























