ह्वावेद्वारा ‘हार्मोनी ओएस टु’ सिस्टमयुक्त स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेट सार्वजनिक
वि.सं.२०७८ जेठ २१ शुक्रवार १५:२१
shares

ह्वावेले नयाँ हार्मोनी ओएस टु (HarmonyOS 2) अपरेटिङ सिस्टमद्वारा सञ्चालित स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेट सार्वजनिक गरेको छ । जसमा HUAWEI Mate 40 Series / HUAWEI Mate X2, HUAWEI WATCH 3 Series / HUAWEI MatePad Pro को नयाँ संस्करण समावेश छ ।
सार्वजनिक कार्यक्रममा ह्वावेले HUAWEI FreeBuds 4 यसको नेक्स्ट-जेनेरेसन ओपन-फिट एक्टिभ नोइज क्यान्सिलेसन वायरलेस ब्लुटुथ इयरबड र दुई हाई-एन्ड मोनिटर, HUAWEI MateView र HUAWEI MateView GT पनि सार्वजनिक गरेको छ । कम्पनीले सो अवसरमा करिब १०० अन्य ह्वावे उपकरणको घोषणा गरेको थियो । दुवै स्मार्टफोन र ट्याब्लेट हार्मोनी ओएस टु मा चलाउन अपग्रेड गरिनेछ । हार्मोनी ओएस टु ले पहिले स्वतन्त्र रहेका उपकरणलाई संयोजन र समग्र सुपर डिभाइसमा जोड्छ । जसले सबै हार्डवेयर र श्रोतलाई स्वतन्त्र रूपमा प्रयोगकर्ताको रियल-टाईम आवश्यकताको आधारमा यसको कम्पोनेन्ट उपकरणको क्षमताको लाभ उठाउन एकीकृत गर्दछ ।
ह्वावे वाच थ्री सिरिजः स्मार्टफोन जत्तिकै शक्तिशाली एक स्वतन्त्र स्मार्ट सहायक
ह्वावेको ब्रान्ड-न्यू फ्लागसिप स्मार्ट वाच, ह्वावे वाच थ्री सिरिजले प्रयोगकर्ताको हातको फेशनलाई पुनः परिभाषित गर्दछ । कर्भ गिलास स्क्रिन र ३१६L स्टेनलेस स्टील केस भएको यो स्टाइलिश वाचमा ब्राण्ड-न्यू 3D रोटेटिङ क्राउन आउँदछ जसले विभिन्न स्तरको प्रेसर महसुस गर्न सक्दछ । प्रयोगकर्ताको इनपुटमा हप्टिक प्रतिक्रिया प्रदान गर्दछ जसले वाचलाई लगाउन र सञ्चालन गर्न सहज बनाउँदछ । ह्वावे वाच थ्री सिरिजबाट प्रयोगकर्ताले फोन कल गर्न र प्राप्त गर्न सक्नेछन् । त्यही फोन नम्बरको डाटा प्लानको प्रयोगले संगीत सुन्नसमेत सकिनेछ ।
ह्वावे वाच थ्री सिरिज हार्मोनी ओएस टु मा चल्दछ । जसले यससँग एकीकृत रुपमा ह्वावे स्मार्टफोनको साथ धेरै फंगशन भएको ट्राभल सहायक जसरी सेवा गर्न सशक्त बनाउँदछ । ह्वावे वाच थ्री सिरिज पनि एक प्रोफेशनल फिटनेस र स्वास्थ्य प्रबन्धकको रूपमा सेवा प्रदान गर्दछ । जसले १०० भन्दा बढी कसरत मोड समर्थन गर्दछ । एक विस्तृत श्रृंखलाको स्वास्थ्य सेवा समर्थन विकल्पबाहेक वाचले नयाँ हाई-प्रिसिजन तापमान सेन्सरको साथ छालाको तापक्रमको पनि निगरानी गर्न सक्दछ । ह्वावे वाच थ्री ले अल्ट्रा-लङ ब्याट्री लाइफ सुविधा प्रदान गर्दछ जुन स्मार्ट मोडमा पाँच दिनसम्म र २१ दिनसम्म अल्ट्रा-लङ ब्याट्री लाइफ मोडमा रहन्छ ।

ह्वावे मेट प्याड प्रो (HUAWEI MatePad Pro) : उत्पादनको एक नयाँ हब जसले अधिक रचनाको लागि सीमालाई तोड्दछ
नयाँ ह्वावे मेट प्याड प्रो मा ९० प्रतिशत स्क्रीन-टु-बडी रेसियो भएको एक सुन्दर १२.६-इन्च OLED FullView डिस्प्ले छ जुन अहिले बजारमा उपलब्ध सबै ट्याब्लेटमध्ये उच्च हो । प्रत्येक डिस्प्ले ०.५ भन्दा कमको ΔE कलर डिफरेन्सका साथ आउँछ जसले प्रोफेशनल मोनिटर जतिको अत्यन्तै हाई कलर एक्युरेसी, क्रिस्प, कलर-एक्युरेट पिक्चर प्रस्तुत गर्दछ । ह्वावे मेट प्याड प्रो मा १,०००,०००:१ को अल्ट्रा-हाई कन्ट्रास्ट रेसियो पनि छ र यसले DCI-P3 कलर गमूटलाई समर्थन गर्दछ ।
ह्वावे मेट प्याड प्रो को बहु-स्क्रीन कोला बोरेसनलाई समर्थन गर्दछ । ट्याब्लेट मिरर मोडमा ड्रइङ बोर्ड र एक्सटेन्ड मोडमा मोनिटर बन्न सक्दछ । यसले अधिक कुशल र मद्दत मिल्ने बहु-उपकरण अनुभव प्रदान गर्दै क्रस-डिभाईस फाईल ड्र्यागिङ र ड्रपलाई समर्थन गर्दछ । सेकेन्ड-जेनेरेसन HUAWEI M-Pencil सँगै ह्वावे मेट प्याड प्रो अनावरण गरिएको थियो । नयाँ स्मार्ट कलममा हाई-प्रीसिजन हस्तलेखन र अल्ट्रा-लो लाटेन्सीका लागि नयाँ प्लैटिनम-कोटेड निबको सुविधा छ । इन्टेलिजेन्ट अन्तरक्रिया जस्तै स्विच गर्न डबल-ट्याप, तत्काल आकार र तत्काल तालिका हस्तलेखन इनपुटलाई अधिक निर्बाध र प्राकृतिक बनाउँदछ ।
पूर्ण रूपमा नयाँ अन्तरक्रियात्मक अनुभवः प्रयोग गर्न सजिलो र पहिलेभन्दा स्मार्ट
HarmonyOS सँग बहु-उपकरण अन्तरक्रियाले धेरै उपकरणहरूसंगको कार्यलाई सरल तरिकाले नियन्त्रण गर्दछ । नयाँ कन्ट्रोल प्यानलले ड्याग–एन्ड–इन्टिग्रेट विषेशताको माध्यमबाट सरल र सहज कनेक्शन समर्थन गर्दछ । जसले प्रयोगकर्तालाई विशेष परिदृश्यमा आधारित उपकरण स्वतन्त्र रूपमा कनेक्ट गर्न दिन्छ । HarmonyOS 2 को नयाँ टास्क सेन्टरले इच्छा अनुसार फरक फरक उपकरणबीच जान अनुमति दिन्छ, ताकि सबै कार्य र सेवा जहिले र जहाँपनि उपलब्ध हुनेछ । यदि यदि प्रयोगकर्ताले मोबाइल गेमिङको लागि ठूलो डिस्प्ले चाहान्छन् भने प्रयोगकर्ताले स्वाइप गर्न सक्नेछन् । साथै ओभरभ्यू स्क्रिन ल्याउन होभर गर्न सक्नेछन् ।
नयाँ HarmonyOS होम स्क्रीन पहिलेभन्दा धेरै सुव्यवस्थित र संगठित छ । प्रयोगकर्ताले सेवा विजेट सिर्जना गर्न एपमा स्वाइप गर्न सक्नेछन् जसले बिना एप खोली रीयल–टाईम, ईजी–टु–एक्सेस जानकारी वा सेवा प्रदर्शन गर्न सक्दछ । सेवा विजेटहरू अटोमिक सेवाहरू प्रयोग गर्न पनि प्रयोगमा ल्याउन सकिन्छ जुन सजिलै सेवा केन्द्रमा कल र सेयर गर्न सकिन्छ बिना डाउनलोड वा इन्स्टल गरी, जस कारण समाचार एकत्रीकरण जस्ता कार्यहरू गर्न सजिलो र अधिक सुविधाजनक बन्दछ ।

अधिक गोपनीयता र सुरक्षाको लागि वृहत प्रदर्शन लाभ
HarmonyOS2 EMUI को अन्तिम जेनेरेसन भन्दा अधिक सजिलो गरी चल्दछ । HarmonyOS 2 फोनले ३६ महिनाको प्रयोगपछि पनि उपकरणमा थोरै स्टोरेज भए पनि नयाँ फोनको जस्तै पढ्ने/लेख्ने गति राख्दछ । HarmonyOS 2 ले खुला रहेको एप ब्याकग्राउन्डमा चालु राख्दछ ताकि प्रयोगकर्ताको कार्य सधै जहाँ छोडेको थियो, त्यहीबाट उपलब्ध होस् । दर्जनौं अन्य एप खुला भए पनि प्रयोगकर्ताले अन्तिम चोटी गरेको कार्य वा पृष्ठमा जान सक्नेछन् । HarmonyOS 2 मा अपग्रेड भएपछि, HUAWEI Mate 40 Pro मा ५.१ घण्टा गेम चलाउन सक्नेछन् ।


























