धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
वि.सं.२०७८ जेठ २१ शुक्रवार १४:४५
shares

आज नेपालका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।
यसबाहेक अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने मौसमविदले बताएका छन् । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसका साथै शुक्रबार राति पनि पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे अनुमान छ ।

























