Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने

न्युज कारोबार काठमाडौं जेठ २०, २०७८       

दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने

विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युती यह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो ।

सरकारले गरेको यस सकारात्मक कदमको सराहनास्वरूप स्टकमा रहेको गाडीकोसमेत मूल्य परिमार्जन गरिएको दीगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको छ । नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणाभएसँगै ग्राहक दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् ।

दीगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने कम्पनीले जनाएको छ । दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेट अघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडी मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।

दीगो इ८ बारे जानकारी
दीगो इ८ तत्कालै मानिसको ध्यान खिच्न सक्ने ताजा डिजाइनको आधुनिक कार हो । यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो,जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटक कोचार्जले सामान्य सञ्चालन अवस्थामा यो कार १५० किलोमिटरसम्म (एनइडिसी २००किलोमिटर) कुद्छ । यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ । दीगो इ८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसामात्रै पर्छ ।

दिगोबारे थप जानकारी लिन र सेल्स बारे बुझ्न इच्छुक व्यक्तिले निम्न मोबाइल नम्बरबाट सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी दिएको छ :
काठमाडौं: ९८०१८८२४०४,९८०१८८२४०९,९८०१८९२५८४,९८०१८५९६५३
ललितपुरः ९८०१०९१९०१,९८१८००५२५४ चितवनः९८५५०५३८१२,९८५५०१३५१३ बुटवलः९८०८७८९५१६,९८५७०५९५६८ 
वा http://www.thee-go.com भिजिट गर्न सक्नेछन् । त्यस्तै थप जानकारीको लागि :

इन्टाग्राम :https://www.instagram.com/theego.np/

टि्वटर : https://twitter.com/NepalEV_

फेसबुक : https://www.facebook.com/TheeGo.NP 

 

सम्बन्धित खबरहरु