काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दया फाउण्डेशनद्वारा अस्पताललाई चिकित्सा उपकरण प्रदान

17.26K
shares

दया फाउण्डेशनले विभिन्न सामुदायिक तथा सरकारी अस्पताललाई चिकित्सा उपकरण प्रदान गरेको छ । फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याको समाधानमा राहत पुर्‍याउने उद्देश्यले उक्त उपकरण प्रदान गरेका हुन् ।

यस संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरलाई चिकित्सा उपकरण प्रदान गरेको छ । जसअन्तर्गत ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थानथर्मल गन, १५ थान अक्सिमिटर साथै १ हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) छन् ।

कोभिड-१९ को कारणले सिंगो राष्ट्र स्वास्थ्य संकटमा परेको यस विषम घडीमा आफ्नो संस्था सक्रिय रुपमा अगाडि बढी थोरै नै भएपनि सहयोग गर्न पाएकोमा फाउण्डेसनका अध्यक्ष राजेश प्रधानले खुशी व्यक्त गरे । संस्थाले सहयोग गरेको अस्पताल विशेषत निम्न आयवर्ग भएकाको उपचारको लागि लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड-१९ को उपचारमा टेवा पर्‍याउने उनले विश्वास प्रकट गरे ।

यस फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङसम्बन्धी भर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सलाई उपलब्ध गराउने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१ गते सम्म जारी रहने फाउण्डेसनले जनाएको छ ।