एभरेष्ट बैंकद्वारा बेलायतबाट रेमिट्यान्स पठाउनका लागि सम्झौता
वि.सं.२०७८ जेठ २० बिहीवार १९:४३
shares

एभरेष्ट बैंक लिमिटेडले बेलायतमा रहेको अनलाइन मनी ट्रान्स्फर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले हस्ताक्षर गरेका छन् ।
श्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एमए फास्टमोव लिमिटेड अन्तर्गतको नाम हो । जुन वेबका साथै मोबाइल एप्लिकेसनको दुवै एन्ड्रोइड र आइओएसमा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । यस साझेदारीले बैंकको सेवा बेलायतमा पनि विस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकलाई थप सुविधा प्रदान गर्नमा मद्दत गर्नेछ ।
श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजितमार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९ हजार भन्दा बढी पे आउट एजेन्ट र बैंकको १०३ वटामध्ये कुनै पनि शाखाबाट नगद भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

























