एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
वि.सं.२०७८ जेठ १९ बुधवार १७:३३
shares

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो । हिजोको बैठकले पार्टी एकताका लागि प्रयास जारी राख्ने निर्णय गरेको थियो ।
आजको बैठकमा पनि पार्टी एकताका लागि भएका प्रयासहरूबारे छलफल हुने बताइएको छ । पार्टीलाई फुटबाट जाेगाउन दाेस्राे तहका नेताहरू सक्रिय रहेकाे बेला आज हुने बैठकलाई महत्वका साथ हेरिएकाे छ । एमालेको स्थायी कमिटी बैठक हिजो मंगलबार पनि बसेको थियो ।

























