म्याग्दी अन्नपूर्णकी एक महिला तनहुँमा मृत फेला
वि.सं.२०७८ जेठ १९ बुधवार १५:१४
shares

म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल शुक्लागण्डकी-२, चुंगेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी-२, हलेदीस्थित सेती नदीको किनारमा मंगलबार ती महिला मृत फेला परेकी हुन् ।
हलेदी र घाँरी जोड्ने झोलुंगो पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

























