काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

19.3K
shares

अमेजन वेब सर्भिसेज (AWS) एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा मंगलबार भएको छ । यसको सुरुवात युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जीनीस सोलुसनले गरेको हो ।

नेपालमा पहिलोपटक सुरुवात भएको AWS एकेडेमीले हजारौँ विद्यार्थीलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्ने अपेक्षा लिइएको छ । सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी युकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको जनाइएको छ । यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि जिनिस सोलुसन लगायतका संस्थाहरूसँग काम गरिरहेको छ । 

युके एडका टिम लिडर बलजित भोराले जिनिस जस्ता संस्थाहरूसँगको साझेदारीले आर्टिफिसियल इन्टेलिजेन्स्, क्लाउड कम्प्युटिङ, इ-मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि गर्ने तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेमा विश्वास व्यक्त गरे । युकेएड सीपको सहयोगमा जिनिस सोलुसनले सीप विकासको पहलको नेतृत्व गर्दै आएको छ । यसलाई शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गरिएको छ । यस पहलअनुसार एडब्लूएस तथा क्लाउडमा आधारित अन्य समाधानहरूको प्रयोग, नेपाली उद्योगहरूले गरेका छन् । 

जिनिस सोलुसनका प्रमुख विश्व प्रविधि अधिकृत अन्जनी फुँयालले भनिन्, 'जिनिसको सहयोगले सस्तोडिल, सानिमा बैंक, सिटिजन बैंक, एपीसीए नेपाल, लिपफ्रग तथा बुद्ध एयर जस्ता नेपालका नेतृत्वदायी संस्थाहरूले क्लाउडमा आफ्ना व्यवसायका तथ्यांक तथा जानकारीहरू सारेका छन् ।' युकेएड सीप र जीनीसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ र २,१०० भन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा पनि रोजगारी पाइराखिने सीपको विकास गराएको उनले बताइन् ।

आफ्ना तथ्यांक तथा जानकारीहरूलाई क्लाउडमा उपलब्ध समाधानहरूमा सार्ने नेपाली तथा विश्वभरका उद्योगहरूको गतिलाई कोभिड – १९ को महामारीले तीव्र बनाएको अवस्थामा क्लाउड कम्प्युटिङको विज्ञता माग गर्ने बदलिँदो रोजगारी बजारमा उपलब्ध अवसरहरूलाई ग्रहण गर्न तथा प्रतिक्रिया जनाउन सक्ने मानव संसाधनको बढ्दो आवश्यकता भएको अमेजन वेब सर्भिस एकेडेमीका दक्षिण एसियाका नेतृत्व लोकेश मेहराले बताए ।