काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान हुने, चार वायुसेवा कम्पनीले पाए अनुमति

12.26K
shares

सरकारले नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको लागि अनुमति दिएको छ । सरकारकाे निर्णयअनुसार भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान हुने भएकाे हाे ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको छ । तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएको हाे । टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने जनाइएको छ । टर्कीले लागि ३ जुनबाट हरेक बिहीबार साताकाे एक उडानको अनुमति पाएकाे हो । यस्तै नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान गर्नेछ । दुवै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् ।

नेपाल एयरलाइन्सको जहाज हरेक बुधबार नयाँ दिल्ली उड्ने भएको छ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेका छैनन् ।