रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्ट फोन छिट्टै ल्याउने घोषणा
वि.सं.२०७८ जेठ ९ आइतवार २१:३३
shares

रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्ट फोन छिट्टै बजारमा ल्याउने घोषणा गरेको छ । फल्यागसिप ‘रियलमी जीटी’अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो ।
रियलमी जीटीमा एण्ड्रोइड१२ बेटा १ अपडेट आउँदै
एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीको ‘रियलमी एक्स५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणको अपडेट पाउने पहिलो स्मार्टफोन थियो । रियलमीले गुगलसँग निकटतम सहकार्य गरेर डेभलपरमार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया संकलन गरिरहेको छ । कम्पनीले युआई ३ सार्वजनिक गर्नुपूर्व प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो वर्षपश्चात आफ्ना एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ ।
यस साल २०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२० हर्ज एमोलेड डिस्प्ले, ६५ वाट सुपरडार्ट चार्जिङ र ४ हजार ५०० एमएएच ब्याट्री समायोजन गरी निर्माण गरिएको हो । यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड१२ बेटा १को झनै बढी मज्जाको अनुभूति दिलाउँछ ।
स्न्याप ड्रागन ७७८जी५जी रियलमी स्मार्टफोन
रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्तामाझ नयाँ प्रविधि ल्याउन अघि परेको छ । यस वर्षको सुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल सांकेतिक नाम ‘क्विकसिल्भर’ मा काम गरिरहेको छ । स्न्यापड्रागन ७७८जी५ जीको मोबाइल प्लेटफर्म ६ एनएम चिपसहित क्वालकमकृयो ६७० सीपीयुमा आधारित रहेको छ । उत्कृष्ट ऊर्जा दक्षताका साथ यसले ४० प्रतिशत प्रदर्शनमा सुधार गर्ने विश्वास कम्पनीको छ । यसको एड्रेनो ६४२ एलजीपीयु ग्राफिक्स रेनडरिङ गति अघिल्लो जेनेरेसनको भन्दा ४० प्रतिशत तीव्र छ । जीटी मोड र नयाँ कुलिङ सिस्टमको साथमा रियलमीले आउँदो उपकरणमा अग्रिम प्रदर्शन ल्याउनेछ ।
'रियलमीले क्वालकमसँग सहकार्य गरेर बहुचर्चित स्मार्टफोन उत्पादन गरेको छ । स्न्यापड्रागन ७७८ जी५जी मोबाइल प्लैटफर्म गेमिङका लागिसमेत उत्कृष्ट प्रदर्श नदिन योग्य छ । रियलमीको नयाँ स्मार्टफोन ७७८ ५जी मोबाल प्लैटफर्ममा आधारित पहिलो फोन हुनेछ । रियलमीले युवापुस्तालाई विशेष प्राथमिकतामा राखी उत्कृष्ट प्रदर्शनकासाथ ५जी स्मार्टफोन उत्पादनका लागि निरन्तरता दिनेछ,' कम्पनीका उपाध्यक्षसमेत रहेको ग्लोबल मार्केटिङ अध्यक्ष चेस चुले बताए ।

























