गृहपृष्ठ लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले आइतबार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेशसभा सचिवालयमा बिहान ११:३० बजे दर्ता गरिएको अविश्वास प्रस्तावमा ४० सांसदको हस्ताक्षर रहेकाे प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले न्युज कारोबार डटकमलाई बताइन् । उनका अनुसार नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएकाे छ । यसअघि पनि कांग्रेससहितका चार दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, विशेष अधिवेशन बोलाइएकै दिन वैशाख १९ गते बिहान मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएका थिए ।
राजीनामा दिएको केही घण्टामै पोखरेलले पुनः मुख्यमन्त्री पदमा सपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा १ बमोजिम ठूलो दलको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले १९ वैशाखमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर पोखरेललाई सपथ खुवाएका थिए । तर, प्रतिपक्षी दलसँग बहुमत हुँदाहुँदै पोखरेललाई पुन: नियुक्त गरिएको भन्दै विपक्षी दलले विरोध जनाएका थिए ।
यसअघि प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४० सांसदले एमालेसँग बहुमत नरहेकाले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त नगर्न र सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख यादवलाई लिखित निवेदनसमेत बुझाएका थिए । प्रदेशसभामा ८१ जना सदस्य छन् ।
अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू :
प्रकाशित समय : १८:०२ बजे



















