गृहपृष्ठ गोली प्रहारबाट अमेरिकामा संखुवासभाका युवकको मृत्यु
गोली प्रहारबाट अमेरिकामा संखुवासभाका युवकको मृत्यु
अमेरिकाकाे मेरील्याण्ड राज्यमा शनिबार बिहान गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ । गोली प्रहारबाट संखुवासभाको खाँदबारी नगरपालिका- ६, तल्लो पांठाका सागर घिमिरेको मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । गोलीप्रहारसँगै त्यहाँ आगजनीसमेत भएको छ ।
घिमिरेले विद्यार्थी हुन् । उनका काका कप्तान घिमिरेका अनुसार उनले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए । आगजनी तथा गोली प्रहारबाट घिमिरेसहित ४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रकाशित समय : १७:४२ बजे


















