गृहपृष्ठ रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज, परिचयपत्र वितरणपछि निर्वाचन प्रक्रिया सुरु हुने
रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज, परिचयपत्र वितरणपछि निर्वाचन प्रक्रिया सुरु हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ ।
सोमबार रोकिएको बन्दसत्र आज हुने बताइएको छ । आज बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । बिहान १० बजेपछि मतदाता नामावली प्रकाशन हुने भएको छ भने मतदाता नामावलीको प्रकाशनसँगै निर्वाचन प्रक्रिया शुरू हुनेछ ।
महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि हो ।
प्रकाशित समय : १०:४३ बजे



















