गृहपृष्ठ संवैधानिक परिषद्ले गर्यो संवैधानिक आयोगमा नियुक्ति सिफारिस
संवैधानिक परिषद्ले गर्यो संवैधानिक आयोगमा नियुक्ति सिफारिस
संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगका विभिन्न पदहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबाहेक प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा मात्रै सहभागी थिए ।
रिक्त पदहरूमा कुन-कुन व्यक्तिलाई सिफारिस गरियो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन । सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद् बैठक बस्न सक्ने गरी सरकारले ल्याएको संवैधानिक परिषद् अध्यादेशअनुसार नै सिफारिस गरेको बताइएको छ ।
प्रकाशित समय : १७:२७ बजे



















