global ime bank Long Banner Ad

गृहपृष्ठ गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते

गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते

गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते

गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड-१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने-१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।

उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशंकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । सोही दिन नै उनलाई गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरी गाउँपालिकाले खरिद गरेको अक्सिजन दिइएको थियो ।

अन्य भिटामिनको सहायताले कोरोना निको भई पाँचौँ दिनमा उनलाई शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीले बताए । कोरोना संक्रमितको उपचारका लागि म्यालपोखरीमा १० शय्याको अस्थायी कोभिड-१९ विशेष अस्पताल बनाइएको छ । अस्पतालमा तीन अक्सिजन प्लान्ट र छ अक्सिजन सिलिण्डर छन् । पालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाटै कोरोना जितेको जिल्लामा पहिलोपटक हो ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु