global ime bank Long Banner Ad

गृहपृष्ठ २६ जना प्रतिनिधिसभा सदस्यलाई कोरोना संक्रमण (नामावलीसहित)

२६ जना प्रतिनिधिसभा सदस्यलाई कोरोना संक्रमण (नामावलीसहित)

२६ जना प्रतिनिधिसभा सदस्यलाई कोरोना संक्रमण (नामावलीसहित)

संसद सचिवालयमा स्वाब संकलन गरिएका एक हजार २३५ जनामध्ये १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका कर्मचारी, संसद, मर्यादापालक, सुरक्षाकर्मीलगायतको स्वाब संकलन गरिएकोमा २६ जना सांसदलाइ कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ । २६ जनामध्ये ८ जना संसद् सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा थिए भने बाँकी १८ जना थपिएका हुन् ।

अहिले कुल संक्रमित सांसदको संख्या २६ पुगेको छ । संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन् । प्रतिनिधि सभाका २७१ मध्ये ४ जना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ ।

यी हुन् संक्रमित सांसदहरू

– झलनाथ खनाल 
– मुकुन्द न्यौपाने 
– मायादेवी न्यौपाने 
– पार्वती डिसी चौधरी 
– राजेन्द्रप्रसाद गौतम 
– नन्दलाल रोका क्षेत्री 
– लालबाबु पण्डित 
– लक्ष्मणलाल कर्ण 
– नरमाया ढकाल 
– महेश बस्नेत 
– रामबाबु यादव 
– गोपालबहादुर बम 
– नमीता कुमारी चौधरी 
– शान्तिमाया तामाङ 
– विना कुमारी श्रेष्ठ  
– रेनुका गुरुङ 
– जुलीकुमारी महतो 
– रघुवीर महासेठ 
– किसान श्रेष्ठ 
– सुरेश कुमार राई 
– पुष्पा कुमारी कर्ण कायस्थ 
– भानुभक्त ढकाल 
– बिना मगर 
– भरतकुमार शाह 
– प्रमोद शाह 
– दिपकप्रकाश भट्ट

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु